गेमिङ फोन पोको एफ४ फाइभजी आज सार्वजनिक हुँदै

Technology Khabar ९ असार २०७९, बिहीबार

गेमिङ फोन पोको एफ४ फाइभजी आज सार्वजनिक हुँदै

काठमाडौं ।

चिनियाँ स्मार्टफोन ब्राण्ड पोकोको गेमिङ स्मार्टफोन पोको एफ४ फाइभजी भारतमा सार्वजनिक हुने भएको छ।

विश्व बजारमा सार्वजनिक हुनुअघि पोको एफ४ फाइभजी भारतमा आज जुन २३ मा सार्वजनिक गर्न लागिएको हो।

सार्वजनिक कार्यक्रम स्थानीय समय अनुसार साँझ ५ः३० मा शुरु हुने र यसलाई यूट्युब, फेसबुक तथा ट्विटरमा लाइभस्ट्रिम गरिने गिज्मोचाइनाले उल्लेख गरेको छ।

हालसम्म बाहिर आएका चर्चा अनुसार पोको एक्स४जीटी यसअघि बजारमा उपलब्ध रेडमी नोट ११टी प्रोको रिब्रान्डेड भर्सन हुने बुझिएको छ।

यसमा १४४ हर्ज रिफ्रेश रेटयुक्त ६.६ इन्चको फुल एचडी एलसीडी डिस्प्ले तथा डाइमेन्सिटी ८१०० चिपसेट रहनेछ।

यो डिभाइसमा ६७ वाट फास्ट चार्जिङयुक्त ५, ०८० एमएएचको ब्याट्री दिइएको छ। यसबाहेकका अन्य जानकारी भने बाहिर नआएको बुझिएको छ।

Sajilo Visa

प्रकाशित: ९ असार २०७९, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार