भिभो एक्स८० लाइट र एक्स८० प्रो प्लस सार्वजनिक हुँदै

Technology Khabar ७ असार २०७९, मंगलवार

भिभो एक्स८० लाइट र एक्स८० प्रो प्लस सार्वजनिक हुँदै

काठमाडौं ।

भिभो एक्स८० लाइट र एक्स८० प्रो प्लस भारतमा सार्वजनिक हुने भएको छ। कम्पनीले केही समय अघि भिभो एक्स८० सिरिज सार्वजनिक गरेको थियो। एक्स सिरिजलाई भारतीय उपभोक्ताले रुचाएको एबीपीलाईभले उल्लेख गरेको छ।

अहिले कम्पनीले भिभो एक्स८० सिरिजको दुई नयाँ स्मार्टफोन भिभो एक्स लाइट र भिभो एक्स८० प्रो प्लस सार्वजनिक गर्न लागेको हो।

कम्पनी आफ्नो नयाँ स्मार्टफोनमा काम गरिरहेको छ। यो स्मार्टफोन भी२२०८ मोडल नम्बरमा देखिएको छ। यी फोन अक्टूबरमा सार्वजनिक हुने सम्भावना छ।

भिभो एक्स८० लाईट फाइभजीमा क्वालकम स्न्यापड्रागन न ७ जेन १ एसओसी प्रोसेसर हुनेछ। स्न्यापड्रागन न ७ जेन १ एसओसी प्रोसेसर हुने यो भिभोको पहिलो स्मार्टफोन हुनेछ।

स्मार्टफोनमा ६.७८ इन्चको एएमओएलईडी डिस्प्ले, २ के रेसोल्यूसन र १२० गिगाहर्जसम्मको रिफ्रेस रेट पाउन सक्छि। ४० मेगापिक्सलको मुख्य क्यामरा र सेल्फीका लागि ३२ मेगापिक्सलको सेन्सेर दिइने छ। ४७०० एमएएच ब्याट्रीले ८० वाटको फास्ट चार्जिङ सपोर्ट गर्छ।

Sajilo Visa

प्रकाशित: ७ असार २०७९, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार