Technology Khabar ६ असार २०७९, सोमबार
काठमाडौं ।
ह्वाट्सएपले पहिलो पल्ट विभिन्न फिचर रोल आउट गरिरहेको छ। यस्तोमा म्यासेजिङ एप ह्वाट्सएपले ग्रुप कलमा व्यक्तिगत प्रयोगकर्तालाई म्युट गर्न सक्ने फिचर थप गरेको द भर्जले उल्लेख गरेको छ।
म्युट फिचर ग्रुप कलमा आफैँ म्युट गर्न बिर्सेका सहभागीको आवाज बन्द गर्नका लगि उपयुक्त हनेछ।
साथै कल गर्ने व्यक्ति एउटै कोठामा छ भने उसले बोलेको शब्दबाट आउन सक्ने इकोलाई रोक्न पनि म्युट फिचरको प्रयोग गर्न सकिन्छ।
कन्फ्रेन्सिङ एपहरु जुम, माइक्रोसफ्ट टिम, क्लब हाउस लगायतमा होस्टले सहभागीलाई म्युट गर्न सक्ने फिचर पहिलेदेखि नै उपलब्ध थियो। ह्वाट्सएपको भिडियो कलमा ८ जना र भ्वाइस कलमा ३२ जना जोडिन सक्छन्।
म्यूट फिचरका साथै ग्रुप कलमा अन्य सहभागीलाई जानकारी नदिई निश्चित व्यक्तिलाई मात्र मेसेज गर्न पनि सकिन्छ। यस्तै ग्रुप कल शुरु भइसकेको अवस्थमा नयाँ मानिस जोडिँदा अलर्ट आउने फिचर पनि रोल आउट गरिएको छ।
प्रयोगकर्ताले आफ्नो कन्ट्याक्टमा रहेका व्यक्तिहरु मध्ये कसलाई मात्र आफ्नो प्रोफाइ फोटो, अन्तिम पटक एक्टिभ रहेको अवस्थामा बारेमा जानकारी दिन सकिने फिचर थप गरिएको गत शुक्रबार ह्वाट्सएपले घोषण गरेको हो।
प्रकाशित: ६ असार २०७९, सोमबार