टेस्लाले बढायो कारको मूल्य

Technology Khabar ३ असार २०७९, शुक्रबार

टेस्लाले बढायो कारको मूल्य
Global IME Bank

काठमाडौं ।

टेस्लाले आफ्नो इलेक्ट्रिक कारको मूल्य बढाएको छ।

द भर्जका अनुसार टेस्लाले कारको मूल्य ६ हजार अमेरिकी डलरसम्म बढाएको छ।

टेस्लाले मोडल ३, मोडल वाई, मोडल एक्स र मोडल एसको मूल्य वृद्धि गरेको हो।

सर्वाधिक मूल्य वृद्धि मोडल एक्समा भएको छ। मोडल एक्सको मूल्य ६ हजार अमेरिकी डलरले बढेको छ। हाल मोडल एक्स खरिद गर्न उपभोक्ताले १ लाख २० हजार ९९० अमेरिकी डलर तिर्नु पर्छ। यस अघि टेस्ला मोडल एक्सको मूल्य १ लाख १४ हजार ९९० अमेरिकी डलर रहेको थियो।

मोडल एसको मूल्य ५ हजार अमेरिकी डलरले बढेर १ लाख ४ हजार ९९० अमेरिकी डलर पुगेको छ।

लङ रेञ्ज टेस्ला मोडल वाईको मूल्य ३ हजार अमेरिकी डलरले बढेर ६५ हजार ९९०अमेरिकी डलर पुगेको छ।

टेस्ला मोडल ३ को मूल्य २ हजार ५०० अमेरिकी डलरले बढेर ५७ हजार ९९०अमेरिकी डलर पुगेको छ।

टेस्लाले गत मार्चमा पनि आफ्नो इलेक्ट्रिक कारको मूल्य वृद्धि गरेको थियो।

विश्व बजारमा चिपको अभाव र चिपको कच्चा पदार्थमा भएको मूल्य वृद्धिका कारण कम्पनीले मूल्य बढाएको द भर्जले उल्लेख गरेको छ।

Sajilo Visa

प्रकाशित: ३ असार २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार