Technology Khabar ३ असार २०७९, शुक्रबार
काठमाडौं ।
विश्व प्रसिद्ध दाहुवा ब्रान्डको सि.सि.क्यामरा खरिद गर्दा अधिकतम २ लाख रुपैयाँ सम्मका उपहार पाईने भएको छ।
नेपालका लागि दाहुवा ब्रान्डको आधिकारीक बितरक बिध म्यानेजमेन्ट प्रा.लि.ले उपभोक्ताहरुको लागि स्क्र्याच कार्ड मार्फत हात खाली नजाने उपहार योजना सार्वजनिक गरेको छ।
नेपाली बजारमा अधिक रुचाइएको उक्त सि.सि.क्यामेरा कम्पनीले आफ्ना उपभोत्ताको हितमा बजारमा नयाँ अफर घोषणा गरेको हो।
बिध म्यानेजमेन्ट प्रा.लि. र दाहुवा ब्रान्डको आधिकारीक बिक्रेताद्धारा कम्तिमा तिस हजार बराबरको सि.सि.क्यामरा लगायतका सुरक्षा उपकरण खरिद गर्ने ग्राहकका लागि स्क्र्याच कार्ड मार्फत उपहार प्रदान गर्ने योजना ल्याएको हो।
यस योजनामा ग्राहकले उपहारमा ई–स्कुटर, टेलिभिजन, वासिङ्ग मेशिन, फ्रिज, ईन्डक्सन चुल्हो, मिक्सर/ग्राईन्डर, स्मार्टमोबाईल देखी हात खाली नजाने रु.१०००, रु.७५०, र रु.५०० का नगद उपहार समेत प्राप्त गर्न सक्नेछन् ।
यसका साथै नेपालभरीका कम्पनीका आधिकारी डिलरहरुलाईसमेत उनीहरुका बिक्रिका आधारमा थुप्रै योजनाहरु अघि सारेको छ।
दाहुवा सि.सि.टि.भी एवं सुरक्षा उपकरणहरु युरोप तथा अमेरिकामा अत्याधिक मन पराईएको ब्रान्ड हो। यो बजारमा पाईने अन्य ब्रान्डको तुुलनामा गुणस्तरिय, भरपर्दो, सस्तो र सुरक्षित छ।
उपहारसँगै बिध म्यानेजमेन्टले घर/टोल तथा अफिसमा जडान गर्न सकिने गरि सर्वसुलभ दरमा सि.सि.टि.भी.को प्याकेज समेत घोषणा गरेको छ। यसको सुरुवाती मुल्य रु.२५०००/– कायम गरेको जानकारी दिएको छ।
यसका साथै बिध म्यानेजमेन्ट प्रालिद्धारा नेपालका ७७ ओटै जिल्लाबाट बिक्रेताहरुलाई आधिकारिक डिलर बन्नका लागि आब्हान समेत गरेको छ।
प्रकाशित: ३ असार २०७९, शुक्रबार