ह्वाट्सएपमा मिस्ड कल अलर्ट फिचर

Technology Khabar ३ असार २०७९, शुक्रबार

ह्वाट्सएपमा मिस्ड कल अलर्ट फिचर

काठमाडौं ।

ह्वाटसएपले नयाँ फिचर सार्वजनिक गरेको छ। ह्वाट्सएपले नयाँ एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस अन्तर्गत मिस्ड कल अलर्ट फिचर सार्वजनिक गरेको बिजनेसटुडेले उल्लेख गरेको छ।

यो फिचर शुरुवातमा बिजनेस यूजर्सका लागि उपलब्ध हुनेछ। पहिलो चरणमा आईओएस प्रयोगकर्तालाई उपलब्ध गराइने छ। त्यस पछि एन्ड्रोइड लगायत अन्य अपरेटिङ सिस्टममा पनि उपलब्ध गराइने छ।

ह्वाटसएपको नयाँ मिस कल अलर्ट फिचर नयाँ आईओएस १६मा काम गर्छ। ह्वाट्सएपको नयाँ एपीआई यो हप्ताबाट उपलब्ध हुनेछ। नयाँ अपडेट छिट्टै एप्पलको एप स्टोरमा उपलब्ध गराइने छ।

यो फिचर ह्वाट्सएप बिजनेस एकाउन्ट यूजरले फोन डू नट डिस्टर्ब मोडमा राखेको समयमा काम गर्छ। ह्वाट्सएपको नयाँ फिचर डब्ल्यूएबिटाइन्फोमा देखिएको हो।

ह्वाट्सएपले यूजरलाई मिस्ड कलको जानकारी दिन यो फिचर रोल आउट गरेको हो।

easy care

प्रकाशित: ३ असार २०७९, शुक्रबार