पेटेन्ट उल्लङ्घन गरेकोमा एडिडासद्वारा नाइकीमाथि मुद्दा दायर

Technology Khabar १ असार २०७९, बुधबार

पेटेन्ट उल्लङ्घन गरेकोमा एडिडासद्वारा नाइकीमाथि मुद्दा दायर

काठमाडौं ।

दुई ठूला ब्राण्ड एडिडास र नाइकीबीच लामो समयदेखि द्वन्द्व चल्दै आइरहेको छ। यी दुई कम्पनीले एक अर्कालाई धेरै पटक अदालतको कठघरामा उभ्याइसकेका छन्। अहिले फेरि एडिडास र नाइकीबीचको विवाद अदालत पुगेको छ।

स्मार्टफोन एप र एडजस्टेबल जुत्ता प्रविधिसम्बन्धी ९ ओटा पेटेन्ट उल्लङ्घन गरेको आरोपमा एडिडासले शुक्रबार नाइकी माथि मुद्दा दायर गरेको छ।

उक्त मुद्दा नाइकीको डिजिटल उत्पादनसँग सम्बन्धित रहेको द भर्जले उल्लेख गरेको छ।

नाइकी रन क्लब, ट्रेनिङ क्लब र एसएनकेआरएस एपहरुले वर्क आउटको समयमा अडियो फिडब्याक, जीपीएस ट्र्याकिङ, ट्रेनिङ प्लान तथा तेस्रो पक्ष एसेसरिज जस्तै हार्ट रेट मोनिटर र लिमिटेड संस्करणको स्नीकर्स रिभर्ज गर्ने तथा खरिद सम्बन्धमा पेटेन्ट उल्लघन भएको एडिडासको आरोप छ।

यी सुविधाहरु हाल बजारमा उपलब्ध धेरै फिटनेस ट्र्याकिङ एपमा उपलब्ध छ।

यस विषयमा एडिडासको यो पहिलो मुद्दा भने होइन। सन् २०१४ मा एडिडासले ‘म्याप माई फिटनेस’ एपको विषयमा अर्को कम्पनी अन्डर आर्मर विरुद्ध मुद्दा दायर गरेको थियो।

अन्डर आर्मरले एडिडासलाई लाइसेन्स शुल्क तिर्न सहमत भएपछि यी दुई कम्पनीको विवाद टुंगिएको थियो।

सन् २०१५ मा कम्पनीले ग्राहकलाई ब्राण्ड र विशेष स्नीकर्स रिलिजको विषयमा जानकारी प्रदान गर्न एप ल्याएको थियो। एडिडासको एप लगत्तै नाइकीले एसएनकेआरएस एप सञ्चालनमा ल्याएको थियो। दुवै एपको कामको प्रकृति समान छ।

Sajilo Visa

प्रकाशित: १ असार २०७९, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार