यस्तो छ इलेक्ट्रिक सवारीको क्षेत्रमा टोयोटाको गति सुस्त हुनुको कारण

Technology Khabar १ असार २०७९, बुधबार

यस्तो छ इलेक्ट्रिक सवारीको क्षेत्रमा टोयोटाको गति सुस्त हुनुको कारण

काठमाडौं ।

इलेक्ट्रिक सवारी साधन उत्पादन तर्फ टोयोटाको गति सुस्त भएको आलोचनाको कम्पनीले जवाफ दिएको छ।

बुधबार सम्पन्न कम्पनीको वार्षिक साधारण सभामा लगानीकर्ताहरुले इलेक्ट्रिक सवारी उत्पादन तर्फ टोयोटा आक्रमक नभएको भन्दै कम्पनीको आलोचना गरेका थिए।

कम्पनी इलेक्ट्रिक सवारीमा बढी केन्द्रित हुनुभन्दा पनि बजार र ग्राहकको माग अनुरुप विभिन्न उत्पादन ल्याउने तर्फ बढी सजग रहेको रोयटर्सले उल्लेख गरेको छ।

टोयोटाले विगत २ दशकदेखि हाइब्रिड सवारी साधन उपलब्ध गराउँदै आइरहेको छ। इलेक्ट्रिक सवारी साधनका लागि आवश्यक पूर्वाधार तयार नभइसकेको अवस्थामा बजारका लागि हाइब्रिड उपयुक्त रहेको तर्क गरेको छ।

हाल कम्पनीसँग अल इलेक्ट्रिक कारको रुपमा बीजेड४एक्स एसयूभी मात्र उपलब्ध छ।

कम्पनीले गत वर्ष सन् २०३० सम्म ६० अर्ब अमेरिकी डलर बराबरको  कारहरुलाई विद्युतीयमा परिणत गर्ने योजना घोषणा गरेको थियो। जसमध्ये आधा हिस्सा पूर्ण विद्युतीय कार हुनेछ।

यो दशकको अन्त्यसम्म ३५ लाख वा हाल बिक्रीको एक तिहाइ विद्युतीय कार पुग्ने अपेक्षा गरिएको छ।

अन्य सवारी उत्पादक जस्तै टोयोटाले पनि सेमीकन्डक्टर चिपको अभाव झेलिरहेको छ। यसले गर्दा उत्पादन कटौती गर्नु परिरहेको छ।

Sajilo Visa

प्रकाशित: १ असार २०७९, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार