पहिलो आरजीबीडब्ल्यू सेन्सर युक्त टेक्नो क्यामन १९ सिरिज सार्वजनिक

Technology Khabar १ असार २०७९, बुधबार

पहिलो आरजीबीडब्ल्यू सेन्सर युक्त टेक्नो क्यामन १९ सिरिज सार्वजनिक
Global IME Bank

काठमाडौं ।

टेक्नोले नयाँ क्यामन १९ सिरिज न्यूयोर्कको रकफेलरमा सार्वजनिक गरेको छ।

सामसङले उत्पादन गरेको ६४ मेगापिक्सलको आरजीबीडब्ल्यू (रेड, ग्रीन, ब्ल्यू, ह्वाइट) सेन्सर भएको टेक्नो क्यामन १९ प्रो विश्वकै पहिलो स्मार्टफोन भएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

कम्पनीले नयाँ फोनमा उद्योगकै पातलो बेजल भएको दावी गरेको छ। फोनमा ०.९८ एमएमको बेजल छ।

क्यामन १९ प्रोमा १२० गिगाहर्ज रिफ्रेस रेट प्रदान गर्ने फुल एचडी प्लस रेजोल्युसनयुक्त ६.८ इन्चको डिस्प्ले छ। यो फोनको क्यामरा प्रविधि सबैभन्दा प्रभावशाली विशेषताको रुपमा रहेको छ।

यसमा सेल्फी क्यामराका लागि सिंगल पन्च होल दिइएको छ। पछाडि डाइमण्ड कोटिङ रहेको छ भने ६४ मेगापिक्सलको मुख्यसहित ट्रिपल क्यामरा सेटअप दिइएको छ।

आईएसओसेल जीडब्ल्यूबी सेन्सर भएको क्यामन १९ प्रो पहिलो स्मार्टफोन हो। ६४ मेगापिक्सलरको सेन्सरले रेड, ग्रीन, ब्ल्यू र ह्वाइट कलर फिल्टर गर्छ।

थप गरिएको ह्वाइट फिचरले रातको समयमा खिचिने तस्बिरको लागि ३० प्रतिशत बढी प्रकाश प्रदान गर्छ।

पोर्ट्र्रेट शटका लागि २x अप्टिकल जुमको साथ ५० मेगापिक्सेल शूटर छ।
क्यामन १९ प्रोमा जी९६ प्रोसेसर छ। क्यामन १८ प्रिमियरमा पनि सोही प्रोसेसर रहेको छ। ५००० एमएएच ब्याट्रीले ३३ वाट फास्ट चार्जिङ सपोर्ट गर्छ।

क्यामन १९ प्रो ४ जीबी र्याम र १२८ जीबी स्टोरेजमा उपलब्ध छ। जसको मूल्य २१० अमेरिकी डलर तोकिएको छ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: १ असार २०७९, बुधबार