माइक्रोसफ्टको इन्टरनेट एक्सप्लोरर ब्राउजर आजदेखि बन्द

Technology Khabar १ असार २०७९, बुधबार

माइक्रोसफ्टको इन्टरनेट एक्सप्लोरर ब्राउजर आजदेखि बन्द

काठमाडौं ।

माइक्रोसफ्टले आफ्नो इन्टरनेट एक्सप्लोरर ब्राउजर आजबाट बन्द गरेको छ।

विगत २७ वर्षदेखि वेब ब्राउजिङको दुनियाँमा चर्चित माइक्रोसफ्टको यो उत्पादन अब सधैंका लागि बन्द भएको छ।

डेलीरेकर्डले आफ्नो रिपोर्टमा यसअघि नै जुन १५ अर्थात् आजदेखि इन्टरनेट एक्सप्लोररको सेवा बन्द हुने जानकारी उल्लेख गरेको थियो।

यो घोषणा माइक्रोसफ्टले अघिल्लो वर्ष नै गरेको  थियो भने यसबाट धेरै इन्टरनेट एक्सप्लोरर प्रयोगकर्ता मारमा पर्ने भने देखिएको छ।

गुगल क्रोम, माइक्रोसफ्ट एज र मोजिला फायरबक्स लगायत नयाँ ब्राउजर प्रयोगकर्तालाई भने इन्टरनेट एक्सप्लोरर बन्द हुँदा असर नपर्ने बुझिएको छ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: १ असार २०७९, बुधबार

ताजा समाचार