ड्राइभिङ लाइसेन्सको वर्ग थप खुल्यो

Technology Khabar ३१ जेष्ठ २०७९, मंगलवार

ड्राइभिङ लाइसेन्सको वर्ग थप खुल्यो

काठमाडौं ।

सवारी चालक अनुमति पत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स) मा वर्ग थप गर्ने आवेदनका लागि लागि हिजो अर्थात् सोमबार बेलुका ९ बजेबाट सर्भर खुलाइएको छ।

यसअघि नयाँ सवारी चालक अनुमतिपत्रका लागि मात्र आवेदन खुलाइएकोमा हिजो अर्थात् जेठ ३० गते बेलुका ९ बजे बाट वर्ग थपका लागि पनि आवेदन खुलाइएको विभागले सूचनामार्फत् जानकारी दिएको हो।

यसअघि यातायात व्यवस्था विभागका सूचना अधिकारी इश्वरीदत्त पनेरुसँग कुराकानी गर्दा उनले (सोमबार)देखि वर्ग थप गर्न सकिने टेक्नोलोजीखबरलाई जानकारी दिएका थिए।

वर्ग थप भन्नाले कुनै एउटा क्याटेगरीमा रहेका सवारी चालकले त्यसभन्दा अन्य प्रकारका सवारी चलाउनका लागि अर्को वर्ग वा क्याटेगरी थप गर्न सक्छन्। उदाहरणका लागि वर्ग ‘ए’ को लाइसेन्स लिएर मोटरसाइकल, मोपेड तथा स्कूटर चलाइरहेका व्यक्तिले कार, जीप तथा डेलिभरी भ्यान चलाउनुपर्यो भने वर्ग ‘बी’ थप गर्नुपर्ने हुन्छ।

२०७८ चैत १ गतेदेखि बन्द रहेको ड्राइभिङ लाइसेन्सको अनलाइन फारम विभागले गत जेठ १६ गते सञ्चालनमा ल्याएको थियो। अनलाइन फारम खुलाइए पनि वर्ग थपको सुविधा भने उपलब्ध थिएन।

विभागले नयाँ सर्भरमा प्राविधिक समस्या देखिएकाले यो सेवा उपलब्ध नभएकोमा जटिलता हल गरेर वर्ग थपको सुविधा उपलब्ध गराउने प्रयासमा रहेको बताएसँगै सोमबार बेलुकीबाट आवेदन खुलेको हो।

विभागले नेपाली कम्पनी कामक्ष आईटीसँगको सहकार्यमा लाइसेन्सको अनलाइन आवेदन दिन सर्भर तयार गरेको हो। यस अघि भारतको मद्रास सेक्युरिटीले तयार गरेको सर्भरबाट अनलाइन आवेदन लिने गरिन्थ्यो।

सम्बन्धित समाचार

आज साँझदेखि अनलाइनबाटै लाइसेन्सको वर्ग थप गर्न सकिने

लाइसेन्सका लागि भरिएका सम्पूर्ण पुराना अनलाइन फारम खारेज भएको होइनः यातायात विभाग

Nepal Telecom
Sajilo Visa

प्रकाशित: ३१ जेष्ठ २०७९, मंगलवार

ताजा समाचार