Technology Khabar २९ जेष्ठ २०७९, आईतवार
काठमाडौं ।
एप्पलको एम१ चिप्समा गम्भिर सुरक्षा जोखिम भेटिएको छ। एप्पलको एम१ चिप्समा प्याच गर्न नसकिने हार्डवेयर जोखिम रहेको एमआईटीका अनुसन्धानकर्ताहरुले पत्ता लगाएका हुन्।
एम१ चिप्सको हार्डवेयरमा रहेको कमजोरीले आक्रमणकारीहरुलाई यसको सुरक्षा प्रतिरक्षाको अन्तिम लाइन तोड्न अमुमति दिने टेकक्रन्चले उल्लेख गरेको छ।
उक्त कमजोरी हार्डवेयर लेवलको सेक्युरिटी मेकानिजममा रहेको छ। एप्पल एम१ चिप्स पोइन्टर अथेनटिकेसन कोड (पीएसी) प्रयोग गरिएको छ।
यो फिचरले आक्रमणकारीलाई डिभाइसको मेमोरीमा मालिसियस कोड इन्जेक्ट गर्न धेरै गाह्रो बनाउँछ। चिप्समा दिइएको लेभल अफ डिफेन्सले आक्रमणलाई मेमोरीको अन्य स्थानहरुमा फैलिन रोक्छ।
प्रकाशित: २९ जेष्ठ २०७९, आईतवार