दूरसञ्चार प्राधिकरणको दुई विज्ञ सदस्य पदका लागि २० जनाको आवेदन, यी हुन् आवेदकहरु

Technology Khabar २६ जेष्ठ २०७९, बिहीबार

दूरसञ्चार प्राधिकरणको दुई विज्ञ सदस्य पदका लागि २० जनाको आवेदन, यी हुन् आवेदकहरु

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणको दुई विज्ञ सदस्य पदका लागि २० जनाले आवेदन दिएका छन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले माग गरेको प्राधिकरणको दुई सदस्यिय पदका लागि प्राविधिक र लेखा विज्ञ सदस्यको लागि क्रमशः १४ जना र ६ जनाले आवेदन दिएका छन्।

सञ्चार मन्त्रालयले ने प्राधिकरणका दुई बोर्ड सदस्य पदहरुको लागि यहि जेठ ५ गते आवेदन माग गरेको थियो।

सरकारले गठन गरेको नेपाल दूरसञ्चार प्राधिकरण सदस्य पदको नियुक्तिको लागि गठित छनौट समितिले सो दरखास्त आब्हान गरेको हो।

आवेदन दिनेहरुमध्ये प्राविधिक सदस्यका लागि सबैभन्दा धेरै आवेदन परेको छ।

मन्त्रालय स्रोतकाअनुसार प्राधिकरण बोर्ड सदस्यका लागि प्राविधिक सदस्यमा आवेदन दिनेहरुमा विरेन्द्र कुमार मिश्र, डा. राजिब सुब्बा, सागर नाथ उपाध्याय, रबिन्द्र झा, सुरेन्द्र श्रेष्ठ, रमेश प्रसाद जोशी, उज्जल भक्त प्रधानाङ्गले आवेदन दिएका छन्।

त्यस्तै प्राविधिक पदतर्फ नै सन्तोष भट्टराई, पवन पाठक, हुकुम बहादुर बुढा, लक्ष्मि प्रसाद यादव, अरुण मल्ल, अशोक बाँस्कोटा, डा भोजराज घिमिरेले आवेदन दिएका छन्।

आवेदक मध्ये मिश्र सञ्चार मन्त्रालयमा सूचना प्रविधि महाशाखाका प्रमुख तथा सहसचिवबाट अवकाश प्राप्त हुन् भने डा सुब्बा पूर्व प्रहरी तथा साइबर सुरक्षा विज्ञ हुन् ।

आवेदक यादव सूचना प्रविधि विभागका महानिर्देशकबाट अवकाश व्यक्ति हुन्। उनले राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक पदमा समेत आवेदन दिएका छन्।

अर्कोतर्फ प्राधिकरणको लेखा विज्ञ सदस्यमा आवेदन दिनेमा टिएन आचार्य, गोबिन्द प्रसाद गैरे, लक्ष्मि प्रसाद शर्मा रहेका छन।

त्यस्तै सोहि पदका लागि कुनाल कायाल, सुनिल जाकिबन्जा र गोकर्ण सिटौलाले समेत आवेदन बुझाएको मन्त्रालय स्रोतले जानकारी दिएको छ।

दुवै पदका लागि यहि जेठ २५ गतेसम्मको अवधि तोकेर आवेदन माग गरिएको थियो।

यसमध्ये आचार्य यहि जेठ १८ गते अवधि सकिएको प्राधिकरणका लेखा विज्ञ सदस्य हुन्।

सञ्चार सचिव डा. वैकुण्ठ अर्यालको संयोजकत्वमा गठित सिफारिस तथा छनौट समितिले अब आवेदन दिएका मध्येहरुबाट अन्तरवार्ता र व्यावसायिक योजनाको आधारमा दुवै पदका लागि ३/३ जना सिफारिस गरेर सरकारलाई बुझाउनेछ।

प्राधिकरणको दुबै पदमा यसअघि नियुक्त भएका बोर्ड सदस्यहरु चुडामणी चौलागाई र टेकनाथ आचार्यको अवधि २०७९ जेठ १८ गते सकिए सँगै सो पद रिक्त छ।

यो पनि हेर्नुस्-

सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक बन्न १२ जनाको आवेदन

easy care

प्रकाशित: २६ जेष्ठ २०७९, बिहीबार

ताजा समाचार