एप्पलको २ ल्यापटप सार्वजनिक, १८ प्रतिशत फास्ट सीपीयू

Technology Khabar २५ जेष्ठ २०७९, बुधबार

एप्पलको २ ल्यापटप सार्वजनिक, १८ प्रतिशत फास्ट सीपीयू

काठमाडौं ।

एप्पलले वर्ल्डवाइड डेभलपर्स कन्फ्रेन्स (डब्ल्यूडब्ल्यूडीसी)मा २ ल्यापटप सार्वजनिक गरेको छ।

एप्पलले नयाँ एम२ चिप जडित म्याकबुक एयर २०२२ र म्याकबुक प्रो २०२२ सार्वजनिक गरेको हो।

कम्पनीले पहिलो सिलिकन चिप एम१ २०२० मा लन्च गरेको थियो यो अपग्रेडेड भर्सन हो।

नयाँ चिपले कम्प्युटरको सीपीयू र जीपीयू पर्फमेन्स फास्ट हुने एप्पल डट कमले उल्लेख गरेको छ।

एम१ को तुलनामा सीपीयू १८ प्रतिशत फास्ट, जीपीयू ३५ प्रतिशत शक्तिशाली र न्युरल इन्जिन ४० प्रतिशत फास्ट रहेको एप्पलको दावी छ।

म्याकबुक एयरमा १३.६ इन्चको लिक्विड रेटिना डिस्प्ले दिइएको छ।

म्याकबुक एयरम एसएसडी कार्डबाट स्टोरेज २ टीबी र र्याम २४ जीबीसम्म बढाउन सकिन्छ। यसमा १०८० पिक्सल फेसटाइम एचडी क्यामरा, फोर स्पीकर साउण्ड सिस्टम छ। सी टाइफ फास्ट चार्जिङ तथा १८ घण्टाको ब्याट्री लाइफ भएको एप्पलको दावी छ।

एप्पल म्याकबुक एयर जस्तै प्रोमा पनि एम२ चिप र एसएसडीकार्डको सहायताबाट २४ जीबी र्याम र २ टीबीसम्म स्टोरेज बढाउन सकिन्छ। यसमा पनि १३ इन्चको लिक्विड रेटिना डिस्प्ले छ।

म्याकबुक प्रोको ब्याट्री सिङ्गल चार्जमा २० घण्टासम्म टिक्ने कम्पनीको दावी छ।

Sajilo Visa

प्रकाशित: २५ जेष्ठ २०७९, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार