टीसीएल स्टाइलस फाइभजी सार्वजनिक

Technology Khabar २३ जेष्ठ २०७९, सोमबार

टीसीएल स्टाइलस फाइभजी सार्वजनिक
Global IME Bank

काठमाडौं ।

टीसीएलले नयाँ स्मार्टफोन टीएलसी स्टाइलस फाइभजी सार्वजनिक गरेको छ। अन्य स्टाइलस फोन जस्तै यसमा चित्र कोर्न र नोट बनाउन सकिन्छ।

हाल कम्पनीले टीसीएल स्टाइलस अमेरिकामा मात्र सार्वजनिक गरिएको गिगचाइनाले उल्लेख गरेको छ। कालो रंगमा बजारमा ल्याइएको फोनको मूल्य २५८ अमेरिकी डलर तोकिएको छ।

टीसीएल स्टाइलस फाइभजीमा ६.८१ इन्चको स्क्रिनमा फुल एचडी प्लस डिस्पले पाउन सकिन्छ। फोनले १०८० वाई २४६० पिक्सल रेजुलेसनमा २०ः५ः९ एस्पेक्ट रेसियो प्रदान गर्छ। यसमा मिडियाटेक डाइमेनसिटी ७०० फाइभजी प्रोसेसर छ। यसले एन्ड्रोइड १२ अपरेटिङ सिस्टममा काम गर्छ।
फोनमा ४ जीबी र्याम र १२८ जीबी स्टोरेज छ। जसलाई २ टीबीसम्म बढाउन सकिन्छ।

फोनको पछाडि ४ वटा क्यामरा छ। जसमा ५ मेगापिक्सलको मुख्य रियर क्यामरा, ५ मेगापिक्सलको अल्ट्रा वाइड क्यामरा, २ मेगापिक्सलको म्याक्रो क्यामरा र २ मेगापिक्सलको हेप्थ क्यामरा दिइएको छ। सेल्फीका लागि १३ मेगापिक्सलको फ्रन्ट क्यामरा दिइएको छ।

१८ वाट फास्ट चार्जिङ सपोर्ट गर्ने फोनमा ४००० एमएएचको ब्याट्री दिइएको छ।

फाइभजी फोनमा फिंगरप्रिन्ट सेन्सर तथा फेस अनलक फिचर छ। साथै ३.५ एमएम ज्याक, स्टाइलस स्लट छ। फोनको तौल २१३ ग्राम छ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: २३ जेष्ठ २०७९, सोमबार