मे महिनादेखि ओप्पोह्याक २०२२ सञ्चालन हुँदै, विश्वका टेक प्रतिभाहरु सहभागी हुनसक्ने

Technology Khabar २२ जेष्ठ २०७९, आईतवार

मे महिनादेखि ओप्पोह्याक २०२२ सञ्चालन हुँदै, विश्वका टेक प्रतिभाहरु सहभागी हुनसक्ने

काठमाडौं ।

स्मार्टफोन ब्राण्ड ओप्पो र ह्याकाथन विशेषज्ञ “ह्याकहब”को सहकार्यमा ओप्पोह्याक २०२२ को आयोजना गर्ने भएको छ।

अन्तर्राष्ट्रिय ह्याकाथन ओप्पोह्याक २०२२ ले प्रविधि प्रेमी तथा नवप्रबर्तकहरुको समाजलाई एकतृत गर्दै उदयीमान प्रविधि (सुदृढ दृश्यांकन (भिजुअलाइजेशन), सुदृढ कम्प्युटरिङ्ग र निर्वाध क्रस–डिभाईस कनेक्शनका माध्यमबाट विश्वका वास्तविक समस्याको निवारण खोज्ने लक्ष्य बोकेको छ। ओप्पो ह्याक २०२२ मार्फत कलरओएस सम्बन्धि थप नयाँ जनाकारीहरु पनि उपलब्ध गराइने छ।

प्रयोगकर्ता केन्द्रित सर्वब्यापी सेवा अनुभवलाई विशेष जोड दिने विश्व निर्माण गर्ने ओप्पोको भिजनका साथमा ओपोह्याकले मानिस र प्रविधि वीच सहज अन्तरसम्बन्ध स्थापित गर्ने लक्ष्य बोकेको छ। विभिन्न क्षेत्र तथा विशेषज्ञता बोकेका सहभागीहरु निर्वाध क्रस–डिभाईस कनेक्शनका साथै प्रयोगकर्ता केन्द्रित बौद्धिक सेवाका लागि वैश्विक प्रतिभाहरुका माध्यमबाट नवप्रबर्तनात्मक समाधानको खोजीमा जोड दिइनेछ।

ओप्पोको ब्राण्ड प्रस्ताव “ईन्पिरेशन अहेड” सँग जोडिएको ओप्पोह्याक २०२२ ले प्राविधिक नवप्रबर्तकहरुलाई अनिश्चितताको समयमा पनि प्रविधिको प्रयोग मार्फत मानवजातिले सामना गर्ने सबैभन्दा चुनौतिपूर्ण समस्याको समाधानका लागि उत्प्रेरित गर्छ। ओप्पोह्याक २०२२ मार्फत प्रविधि पे्रमीहरुलाई आफ्नो प्रतिभाको परिक्षण गर्ने अवसर प्रदान गर्नुका साथै ओप्पोले ओप्पो रिसर्च ईन्स्टिच्युट ईनोभेसन एक्सलेरेटर पनि सार्वजनिक गरेको छ। यसले प्रस्तावना तथा स्टार्टअपहरुलाई विश्वमा वास्तविक रुपमा सकारात्मक प्रभाव पार्ने बताईएको छ।

ओप्पोह्याक २०२२ मा, सहभागीहरुले कलरओएस १२ का नयाँ अपडेट, ओप्पोको सिग्नेचर अपरेटिङ सिस्टम डिजाइन, कनेक्टिभिटी, प्राइभेसी र थप नवीन प्रविधिहरु नजिकबाट हेर्न पाउनेछन् । यो एउटा पीसी कनेक्ट जस्तै हो, जसले तपाईको फोन र कम्पयुटर बीच सीमलेस अन्तरक्रिया सिर्जना गर्दछ।

प्रविधि र कार्य टोलीको शक्तिमा विश्वास गर्ने ओप्पोह्याक, १२ विश्वविद्यालयहरु, २० इन्क्युबेटरहरु र विश्वभरका ५०० भन्दा बढी व्यक्तिहरुसँग जोडिएर भोलीको अन्तर सम्बन्धित समस्याहरु समाधान गर्नका लागि सहकार्य र प्रतिस्पर्धा गर्ने ह्याकाथन हो।

जुन देखि अगस्टसम्म, यसमा प्राविधिक ग्यारेजहरुको श्रृङ्खलाहरु हुनेछन् जसले शुरु गर्न आवश्यक पर्ने उत्कृष्ट ईन–क्लास अवधारणाहरु र सीपहरु प्रदान गर्दछ। फाइनल राउन्डमा प्रवेश गर्ने टोलीहरुले पहिलो विकासका स्रोतहरु र उपकरणहरु प्राप्त गर्ने बताईएको छ।

४०,००० डलर बराबरको कुल नगद पुरस्कारको अतिरिक्त, परियोजनाहरु जित्नको लागि तपाईको परियोजनामा लगानी गर्ने र वास्तविक संसारमा लागु गर्ने मौका रहेको कम्पनीले उल्लेख गरेको छ।

ओप्पोह्याक ले हकाथनका २ राउण्ड सहित हाइब्रिड मोड प्रतियोगिता पनि ल्याएको छ । हकाथनको प्रारम्भिक राउण्ड दुई सह–होस्ट शहरहरुमा अफलाइन हुनेछ र अनलाइन सहभागिता पनि स्वीकार गर्नेछ । दर्ता भएपछि, व्यक्तिगतरुपमा वा भर्चुअल्लि सहभागि भएका सह–होस्ट ह्याकाथनहरुमध्ये एक छनौट गर्नुपर्नेछ। फाइनल राउण्ड सबै प्रमुख स्ट्रिमिङ प्लेटफर्महरुमा प्रत्यक्ष प्रसारण हुने कम्पनीले जनाएको छ।

मे २३ २०२२ देखि खुलिसकेको आधिकारिक दर्ता यहाँ क्लिक गरेर आवेदन दिन सक्नुहुनेछ।

Sajilo Visa

प्रकाशित: २२ जेष्ठ २०७९, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार