Technology Khabar २१ जेष्ठ २०७९, शनिबार
काठमाडौं ।
अमेजफिट बिप ३ दक्षिण अमेरिकी मुलुक ब्राजिलमा सार्वजनिक भएको छ।
नयाँ किफायती मूल्यको स्मार्टवाच ब्राण्ड आधिकारिक रुपमा ब्राजिलमा सार्वजनिक भएको हो।
बिप ३ मा १.६९ इन्चको टीएफटी एलसीडी, हर्ट रेट र एसपीओ२ ट्रयाकिङका साथ अनबोर्ड जीपीएस रहेको छ।
यसमा ६० भन्दा बढी ब्याम मोड, निन्द्रा र तनाव पनि ट्रयाकिङ गर्न सकिन्छ।
बिप ३ मा रहेको २८० एमएएच ब्याट्रीको आयु २ हप्ता रहेको जीएसएमएरिनाले उल्लेख गरेको छ।
अमेजफिट बिप ३ ५ एटीएम पानी प्रतिरोधी छ। बिप ३ ब्ल्याक, पिंक र ब्यु कलरमा उपलब्ध छ।
अमेजन ब्राजिलमा यसको मूल्य ५८ अमेरिकी डलर तोकिएको छ।
अन्य क्षेत्रहरुको हकमा मूल्य र उपलब्धता घोषणा हुन बाँकी रहेको जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: २१ जेष्ठ २०७९, शनिबार