डिजिटल क्राउनमा बिल्ट-इन क्यामरायुक्त एप्पल वाचको पेटेन्ट दर्ता

Technology Khabar २१ जेष्ठ २०७९, शनिबार

डिजिटल क्राउनमा बिल्ट-इन क्यामरायुक्त एप्पल वाचको पेटेन्ट दर्ता
Global IME Bank

काठमाडौं ।

एप्पलले हालै स्मार्टवाचको नयाँ पेटेन्टका लागि आवेदन दिएको छ।

यूनाइटेड स्टेट्स पेटेन्ट एन्ड ट्रेडमार्क अफिस यूएसपीटीओले प्रकाशन गरेको उक्त आवेदनमा रहेको वाचको फोटोमा एप्पलले स्मार्टवाचमा क्यामरा कसरी थप्ने योजना बनाएको छ भन्ने प्रस्ट देखिएको छ।

एप्पलले यो स्मार्टवाचमा क्यामरालाई डिजिटल क्राउन बटनभित्र राख्न खोजेको छ। डिजिटल क्राउन बटन डिभाइसको दायाँपट्टि रहेको हुन्छ।

फोटो खिचिने वस्तुमा राम्ररी फोकस होस् भन्ने हिसाबले क्यामराको लेन्सलाई डायलको अपर्चर वा अपर्चरपछाडि इन्टिग्रेट गर्न सकिने गिज्मोचाइनाले उल्लेख गरेको छ।

यसले यूजरहरुलाई हात फैलाएर डिजिटल क्राउनलाई वस्तुतर्फ फर्काएर फोटो खिच्न सहयोग गर्ने बुझिएको छ।

तर यो फिचरले दायाँ हातमा वाच लगाउनेहरुका लागि भने समस्या उत्पन्न गर्नेछ। यसो गर्नेहरुका लागि उक्त क्यामरा आफैंतर्फ फर्किने देखिएको छ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: २१ जेष्ठ २०७९, शनिबार