टीसीएलको स्टाइलस सहितको बजेट फाइभजी स्मार्टफोन सार्वजनिक

Technology Khabar २० जेष्ठ २०७९, शुक्रबार

टीसीएलको स्टाइलस सहितको बजेट फाइभजी स्मार्टफोन सार्वजनिक

काठमाडौं ।

टीसीएलले अमेरिकामा बिल्ट-इन स्टाइलस सहितको एन्ट्री-लेभल स्मार्टफोन लन्च गरेको घोषणा गरेको छ।

टीसीएल स्टाइलस ५जी (TCL Stylus 5G) मा ६० हर्ज रिफ्रेस दर, मिडियाटेक डाइमेन्सिटी ७०० ५जी चिपसेट रहेको छ।

यसका साथै फोनमा ४जीबी र्याम र १२८ जीबी भण्डारणको साथ ६.८१ इन्चको फूलएचडी प्लस डिस्प्ले रहेको छ।

यो एन्ड्रोइड १२, दुई वर्षको सुरक्षा अपडेटको ग्यारेन्टी, ४,००० एमएएच ब्याट्री, १८ वाट चार्जिङ, साइड माउन्ट गरिएको फिंगरप्रिन्ट सेन्सर र हेडफोन ज्याकको साथ आउँछ।

क्यामराहरूको लागि, टीसीएल स्टाइलस ५जीले ५ मेगापिक्सेल अल्ट्रावाइड, २ मेगापिक्सेल म्याक्रो, र २ मेगापिक्सेल डेप्थ सेन्सरको साथ ५० मेगापिक्सेलको मुख्य क्यामरा प्रदान गर्दछ। त्यसैगरी फोनको अगाडि १३ मेगापिक्सेलको सेल्फी क्यामरा पनि छ।

स्टाइलस आफैँमा म्याग्नेटीक रहेको छ। स्टाइलस हटाउँदा फोन अनलक हुनेछ र त्यसबेला लक स्क्रिनमा एउटा नोट एप ल्याउँछ जसले गर्दा तपाईँले छिट्टै केही लेख्न सक्नुहुन्छ।

कम्पनीले नयाँ टीसीएल स्टाइलस ५जीको बजार मूल्य २५८ अमेरिकी डलर निर्धारण गरेकोछ। यसको मूल्यले यसलाई सस्तो स्टाइलस फोनहरू र फाइभजी फोनहरू मध्ये एक बनाउँछ।

Sajilo Visa

प्रकाशित: २० जेष्ठ २०७९, शुक्रबार

ताजा समाचार