
काठमाडौं ।
नमस्ते पे भुक्तानी सेवाले आफ्नो वालेट मार्फत स्मार्ट क्यूआर(Smart QR) उपलब्ध हुने नेपालभरीका मर्चेन्टहरुमा ‘स्क्यान एण्ड पे’ सेवा सुरु गरेको छ।
यो सेवा सुरु भएसँगै नमस्ते पे वालेटका प्रयोगकर्ताले एससीटीद्वारा जारी गरिएको स्मार्ट क्यूआर प्रयोग हुने मर्चेन्ट आउटलेटहरुमा सो क्यूआर स्क्यान गरी वालेटबाट सिधै डिजिटल भुक्तानी गर्न सक्नेछन।
योसँगै नमस्ते पे वालेट प्रयोग गरी स्मार्ट क्यूआरमार्फत गोल्डस्टार जुत्ताहरुको शोरुममा भुक्तानी गर्दा ३० प्रतिशतसम्म छुट पाउन सकिनेछ।
यसका साथै नमस्ते पेले भविश्यमा संयुक्तरुपमा नयाँ अफरहरु ल्याउने जनाएको छ।
प्रकाशित: १९ जेष्ठ २०७९, बिहीबार