ह्वाट्सएपमा पठाइसकिएको म्यासेज एडिट गर्न सकिने

Technology Khabar १९ जेष्ठ २०७९, बिहीबार

ह्वाट्सएपमा पठाइसकिएको म्यासेज एडिट गर्न सकिने
Global IME Bank

काठमाडौं ।

ह्वाट्सएपले ‘एडिट टेक्स्ट’ फिचर ल्याउने भएको छ।

ह्वाट्सएपको एडिट फिचर प्रयोगमा आएपछि प्रयोगकर्ताले टाइपिङ त्रुटी सच्याउन पुरै म्यासेज डिलेट गर्नु पर्ने छैन। म्यासेजलाई एडिट गरे पुग्छ।

ह्वाट्सएप अपडेट ट्रयाक गर्ने वेबसाइट ‘वाबेटाइन्फो’ले ह्वाट्सएपको एडिट टेक्स्ट फिचर पत्ता लगाएको टाइमअफइन्डियाले उल्लेख गरेको छ।

यो फिचर प्रयोग गर्न प्रयोगकर्ताले पठाएको म्यासेज गलत टाइप भएमा म्यासेजलाई ट्याप गरेर होल्ड गर्नु पर्छ। त्यसपछि एडिटको अप्सन देखिन्छ।

ह्वाट्सएपमा रहेको टप राइट कर्नरमा देखिने ३ डट अप्सनलाई सेलेक्ट गर्नुपर्छ। जहाँबाट म्यासेजलाई एडिट गर्न सकिन्छ। टाइपिङ त्रुटीका कारण गलत म्यासेज प्रवाह हुँदा समस्या भोगिरहेकाहरुलाई यो फिचरले ठूलो राहत प्रदान गर्ने कम्पनीको अपेक्षा छ।

हाल एडिट फिचर टेस्टिङ मोडमा रहेको छ।

ह्वाट्सएपले समय-समयमा नयाँ अपडेट उपलब्ध गराउँदै आइरहेको छ।

केही समय अघि ह्वाट्सएपले इमोजी रिएक्सन फिचर रोलआउट गरिसकेको छ।

साथै २ जीबीसम्मको फाइल ट्रान्सफर गर्न पनि ह्वाट्सएपले अनुमति प्रदान गरिसकेको छ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: १९ जेष्ठ २०७९, बिहीबार