इलन मस्कले अब अनलाइन कामलाई मान्यता नदिने

Technology Khabar १८ जेष्ठ २०७९, बुधबार

इलन मस्कले अब अनलाइन कामलाई मान्यता नदिने
Global IME Bank

काठमाडौं ।

टेस्लाका कर्मचारीहरुले अनलाइनबाट नभई कार्यालयमै उपस्थित भएर काम गर्नु पर्ने भएको छ।

टेस्लाका सीईओ इलन मस्कले घरबाट अनलाइन काम गर्ने आफ्ना कर्मचारीहरु विरुद्ध कठोर अडान लिएका हुन्।

कम्पनीका कार्यकारी कर्मचारीहरुलाई पठाइएको इमेलमा ‘रिमोट काम अब स्वीकार्य छैन,’ सीईओ मस्कले स्पष्ट रुपमा भनेका छन्, ‘कर्मचारीले कार्यालयमा कम्तिमा ४० घण्टा बिताउनुपर्छ। अन्यथा टेस्ला छोड्नुहोस्।’

यो व्यवस्था मुख्य कार्यालयका लागि मात्र गरिएको र दूरदराजको शाखा कार्यालयमा लागू नहुने इलेक्ट्रेकले उल्लेख गरेको छ।

इमेलमा सीईओले थपेका छन्, ‘केही परिस्थितिहरुमा अनलाइनबाट काम गर्ने अनुरोधहरुमा विचार गरिनेछ। त्यस्ता अनुरोधहरु अनुमोदन वा ‘असाधारण’ हुनुपर्छ। यदि कुनै कर्मचारी कार्यालय आएर काम गर्न असमर्थ छन् भने उनीहरुको निवेदन म आफैं समीक्षा गरेर अनुमोदन गर्नेछु।’

Sajilo Visa

प्रकाशित: १८ जेष्ठ २०७९, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार