फायर बोल्ट टक २ र टक प्रो सार्वजनिक, ब्लुटुथ कलिङ सर्पोट गर्ने

Technology Khabar १८ जेष्ठ २०७९, बुधबार

फायर बोल्ट टक २ र टक प्रो सार्वजनिक, ब्लुटुथ कलिङ सर्पोट गर्ने
Global IME Bank

काठमाडौं ।

फायर बोल्ट टक २ र टक प्रो सार्वजनिक भएको छ। वेयरएबल ब्रान्ड फायर बोल्टले भारतमा आफ्नो स्मार्ट वाच फायर बोल्ट टक २ र टक प्रो सार्वजनिक गरेको हो।

दुवै स्मार्ट वाचमा इनह्यान्स कलिङ फिचर दिइएको टाइमअफइन्डियाले उल्लेख गरेको छ। फायर बोल्ट टक २ र टक प्रोलाई राउन्डेड डायल डिजाइनमा प्रस्तुत गरिएको छ।

हाल यी वाच इन्ट्रोडक्टरी मूल्यमा बिक्रीका लागि उपलब्ध छ। फायर बोल्ट टक २ को मूल्य २ हजार ४९९ भारु र टक प्रोको मूल्य २ हजार ९९९ रुपैयाँ तोकिएको छ।

फायर बोल्ट टक २

फायर बोल्ट टक २ मेटल केस र मल्टीपल वाच फेसमा उपलब्ध छ। यसमा २४० वाई २४० पिक्सल रिजोल्युसन भएको १२८ इन्चको राउन्डेड डिस्प्ले दिइएको छ। साथै वाचले फोन ब्लुटुथ कलिङ पनि सर्पोट गर्छ। यसमा डायरेक्ट कलिङ, सिंक कन्ट्याक्ट र कल हिस्ट्रीका लागि क्विक एक्सेस डायल प्याड लगायत फिचर दिइएको छ।

कलिङ तथा म्युजिक कन्ट्रोलका लागि भ्वाइस असिस्टेन्ट सपोर्ट गर्छ। यसमा ६० भन्दा बढी स्पोर्ट मोड छ। जस्तै एसपीओ२ मोनिटरिङ, हार्ट रेट ट्रयाकिङ, मेडिटेटिभ ब्रीदिङ, स्लीप मोनिटरिङलगायत फिचर छन्।

स्मार्ट वाच आईपी६८ वाटर प्रुफ सहित उपलब्ध छ। स्मार्ट वाचमा वेदर अपडेट, क्यामरा कन्ट्रोल, ड्रिक वाटर रिमाइन्डर, फिमेल हेल्थ केयर लगायत फिचर छ।

फायर बोल्ट टक प्रो

फायर बोल्ट टक प्रो स्मार्ट वाचमो ब्लुटुथ एनेबल्ड कलिङ फिचर दिइएको छ। यसमा इनबिल्ड स्पिकर, माइक र अन्य कलिङ फिचर दिइएको छ।

फायर बोल्ट टक प्रो स्मार्ट वाचमा १.३२ इन्चको फुल टच एचडी राउन्ड डिस्प्ले दिइएको छ। यसमा एचडी राउन्ड डिस्प्लेका साथ ३६० वाई ३६० पिक्सल रेजोल्यूसन सपोर्ट प्राप्त गर्न सकिन्छ। वाचमा ६० स्पोर्ट मोड र २४ घण्टा ७ दिन पर्सनल हेल्थ असिस्टेन्ट पनि रहेको छ।

यसमा एसपीओ२ मोनिटरिङ, हर्ट रेट ट्रयाकिङ, मेडिटेटिभ ब्रीथिङ लगायत फिचर छ। स्मार्ट वाचले आईपी ६८ वाटर रिजस्टेन्ट सर्पोट गर्छ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: १८ जेष्ठ २०७९, बुधबार