साढे २ महिनापछि खुल्यो ड्राइभिङ लाइसेन्सको अनलाइन फारम

Technology Khabar १६ जेष्ठ २०७९, सोमबार

साढे २ महिनापछि खुल्यो ड्राइभिङ लाइसेन्सको अनलाइन फारम
Global IME Bank

काठमाडौं ।

सवारी चालक अनुमति पत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स)को अनलाइन फारम खुलेको छ।

यातायात व्यवस्था विभागले आज (सोमबार) साँझ ६ बजेदेखि ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन फारम खुलाएको हो।

साढे २ महिनादेखि बन्द रहेको ड्राइभिङ लाइसेन्सको अनलाइन फारम प्रणाली जेठ १६ गतेदेखि सञ्चालनमा आएको हो।

विभागले २०७८ चैत १ गतेदेखि लाइसेन्सको अनलाइन आवेदन प्रणाली बन्द गरेको थियो। लाइसेन्स लिन चाहने सेवाग्राहीको अधिक चाप र सर्भरमा देखिने समस्याका कारण विभागले अनलाइन प्रणाली नै बन्द गरेको थियो।

आजदेखि लाइसेन्स लिन चाहनेले applydl.dotm.gov.np लगईन गरी नयाँ लाइसेन्सको आवेदन फारम भर्न सक्छन्।

Sajilo Visa

प्रकाशित: १६ जेष्ठ २०७९, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार