शाओमी रेडमी ११ फाइभजीको स्पेसिफिकेसन र सार्वजनिक हुने मिति बाहिरियो

Technology Khabar १६ जेष्ठ २०७९, सोमबार

शाओमी रेडमी ११ फाइभजीको स्पेसिफिकेसन र सार्वजनिक हुने मिति बाहिरियो
Global IME Bank

काठमाडौं ।

शाओमीले रेडमी ११ फाइभजी सिरिजमा नयाँ स्मार्टफोन प्रस्तुत गर्ने भएको छ।

शाओमी रेडमी १० सिरिज अन्तर्गत धेरै स्मार्टफोनहरुको उत्पादनपछि रेडमी ११ फाइभजी ल्याउने अभियानमा जुटेको हो।

रेडमीका फ्यानहरु बेग्रका साथ नयाँ स्मार्टफोनको प्रतिक्षामा रहेको गिगचाइनाले उल्लेख गरेको छ। रेडमीले विगत लामो समयदेखि नयाँ स्मार्टफोन रेड्मी ११ फाइभजी सिरिजमा काम गरिरहेको छ।

धेरै रेडमी फ्यानहरु यस पटक कम्पनीले आफ्नो लो-एण्ड सिरिजमा कस्तो स्मार्टफोन ल्याउँछ भनेर पर्खिरहेका छन्। रेडमी ११ फाइभजी सन् २०२२ को जुनको अन्त्यसम्म सार्वजनिक हुने सम्भावना छ।

गत वर्ष आएको रेडमी १० र अगामी रेडमी ११ बीच खासै भिन्नता नहुने गिगचाइनाले उल्लेख गरेको छ। यद्यपि यसमा फाइभजी प्रोसेसर हुनेछ।

स्पेसिफिकेसन र मूल्य

रेडमी ११ फाइभजीमा मिडियाटेक डाइमेन्सिटी ७०० प्रोसेसर हुनेछ। ७०० डाइमेन्सिटीलेले फाइभजी नेटवर्क सर्पोट गर्नेछ।

फोनको चिप ७ एनएम निर्माण प्रक्रियामा आधारित छ। यसले २.२ गीगाहर्जमा २.० गीगाहर्जको ६ एक्स एआरएम कोर्टेक्स-ए५५ कोर क्लक गरिएको २ एआरएम कोर्टेक्स-ए७६ कोरहरु ल्याउँछ। स्मार्टफोनमा मेल-जी५७ एमसी२ जीपीयू हुनेछ।

रेडमी ११ फाइभजी फुल एचडी प्लस रिजोल्युसनका साथ ६.५८ इन्चको एलसीडी प्यानलमा उपलब्ध हुनेछ। यो उपकरणमा रहेको ९० गीगाहर्ज रिफ्रेस रेट लो एण्ड स्मार्टफोनका लागि उपयुक्त मान्न सकिन्छ।

मिड रेञ्जको फोन ४ जीबी र्याम र ६४ जीबी स्टोरेजबाट शुरु हुन्छ। फोनमा डुअल सिम स्लट र स्टोरेज बढाउनका लागि माइक्रो एसडी कार्ड स्लट हुनेछ।

क्यामराको कुरा गर्दा स्मार्टफोनमा अल्ट्रावाइड क्षमता पाउन सकिदैन।

फोनको ५० मेगापिक्सलको मुख्य क्यामरा र २ मेगापिक्सलको सिंगल क्यामरा फोनमा पाउन सकिन्छ। सेल्फीका लागि फोनमा सुपर साधारण ५ मेगापिक्सल स्न्यापरको साथ पन्च होल कटआउट दिइएको छ।

रेडमी ११ फाइभजीमा १८ वाट फास्ट चार्जिङ सर्पोट गर्ने ५००० एमएएच ब्याट्री छ।

रेडमी ११ फाइभजीको बेस भेरियन्ट ४ जीबी र्याम र ६४ जीबी स्टोरेजको मूल्य करिब १८० अमेरिकी डलर हुने अनुमान छ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: १६ जेष्ठ २०७९, सोमबार