Technology Khabar १५ जेष्ठ २०७९, आईतवार
काठमाडौं ।
सरकारले ३५ ओटा सार्वजनिक सवारीसाधनमा जीपीएस भेइकल ट्रर्याकिङ प्रणाली लागू गरेको छ।
सरकारले शनिबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षण अनुसार फागुन मसान्तसम्म ३५ ओटा सार्वजनिक सवारीसाधनमा जीपीएस प्रणाली जडान गरिएको हो।
यातायात व्यवस्था विभाग र पेस/जीयोकम/हाईटेक भ्याली जेभीबीच २०७७ पुसमा जीपीएस प्रणालीका लागि सफ्टवेयर निर्माण गर्ने सम्झौता भएको थियो। परामर्शदाताले करिब १ करोड रुपैयाँमा सफ्टवेयर निर्माणको जिम्मेवारी पाएको थियो।
जीपीएसले सवारीसाधनको गति, अवस्था र स्थानको बारेमा जानकारी लिन मद्दत गर्छ। यसले यात्रुलाई सवारीसाधन ट्रयाक गर्न सहज हुनका साथै दर्घटना न्यूनीकरण गर्न सघाउने विभागको ठम्याई छ।
साथै सार्वजनिक यातायात सेवामा अनलाइन टिकट खरिद बिक्री शुरु भएको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ।
प्रकाशित: १५ जेष्ठ २०७९, आईतवार