ड्रोनबाट कृषि औषधि छर्कदै पाँचखाल नगरपालिका

Technology Khabar १३ जेष्ठ २०७९, शुक्रबार

ड्रोनबाट कृषि औषधि छर्कदै पाँचखाल नगरपालिका
सांकेतिक तस्विर

काठमाडौं ।

काभ्रेको पाँचखाल नगरपालिकाले प्रविधिको सहयोगबाट खेती किसानी गर्ने कार्यको परीक्षण प्रयोग गरेको छ। नगरपालिकाले ड्रोनबाट खेतबारीमा औषधि छर्कने कार्यको सफल परीक्षण गरेको छ।

पाँचखाल नगरपालिकाले मुक्तिनाथ कृषि कम्पनीसँगको समन्वयमा ड्रोनबाट कृषि औषधि छर्कन ड्रोनको परीक्षण प्रयोग गरेको नगरपालिकाका कृषि सहायक प्राविधिक सुगम भेटवालले टेक्नोलोजीखबरलाई जानकारी दिए।

ड्रोनबाट औषधि छर्कने परीक्षण नगरपालिकाको वडा नम्बर ४ मा गरिएको हो। कम्पनीले ड्रोनको सहयोगबाट खेती किसानी गर्न सकिन्छ भन्ने किसानलाई जानकारी दिन नगरपालिकाको सहयोगमा कम्पनीले परीक्षण गरेको छ।

‘नगरपालिकाले पनि यसलाई परीक्षण कार्यको रुपमा लिएको छ,’ भेटवालले भने, ‘यो परीक्षण सफल भएर किसानले प्रविधिको माध्यमबाट खेती किसान गर्न चाहेमा थप सहकार्य गरेर अघि बढ्न सकिन्छ।’

कम्पनीसँग रहेको ड्रोनले एक पटकमा १६ लिटरसम्मको औषधि बोक्ने क्षमता राख्छ। उक्त औषधि एक पटकमा १६ रोपनी जग्गामा छर्कन सकिन्छ। उक्त ड्रोनलाई अटोमेटिक तथा म्यानुअली सञ्चालन गर्न सकिन्छ।

ड्रोनमा रहेको सेन्सरले रुख तथा तारको सम्पर्कमा नआई आफ्नो काम गर्न सक्छ। प्रविधिको सहायताबाट कृषि कार्य गर्दा समयको बचत हुनका साथै लागत पनि कम हुन्छ।

परीक्षण कार्यमा नगरपालिका नवनिर्वाचित मेयर महेश खरेललगायतको उपस्थिति रहेको थियो।

Sajilo Visa

प्रकाशित: १३ जेष्ठ २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार