Technology Khabar १३ जेष्ठ २०७९, शुक्रबार
काठमाडौं ।
एथर इनर्जीले आफ्नो लोकप्रिय इलेक्ट्रिक स्कुटर एथर ४५०एक्समा नयाँ अपडेट दिएको छ।
नयाँ अपडेट देखाउन कम्पनीले टिजर जारी गरेको छ। नयाँ विज्ञापनमा इलेक्ट्रिक स्कुटरको इन्फोटेन्मेन्ट सिस्टममा ड्राइभिङ लाइसेन्स लगायत महत्वपूर्ण डकुमेन्ट स्टोर गर्न सकिने ड्राइभस्पार्कले लेखेको छ।
एथर ४५०एक्समा ७.० इन्चको ठूलो टचस्क्रीन छ जसमा विभिन्न जानकारी मुलुक विवरण हेर्न सकिन्छ। एथर ४५०एक्सको टिजरमा ड्राइभिङ लाइसेन्स तथा बिलबुक लगायत महत्वपूर्ण डिजिटल डकुमेन्टहरु स्टोर गर्न सकिन्छ।
यो इन्फोटेनमेन्ट स्क्रीनको प्रयोग ओटीए अपडेट र स्मार्टफोन कनेक्टिभिटीका लागि पनि प्रयोग गर्न सकिन्छ।
भारत सरकारले आधिकारिक महत्वपूर्ण डकुमेन्ट डिजिटल रुपमा संग्रहित गर्न अनुमति प्रदान गरिसकेको छ। यसलाई प्रहरीले स्क्यानर तथा स्मार्टफोनको एपको उपयोग गरेर सत्यता जाँच गर्न सक्छन्। यसका लागि भारत सरकारले नयाँ एप सार्वजनिक गरिसकेको छ।
उक्त एपले चालकलाई ब्लूबूक तथा ड्राइभिङ लाइसेन्स लगायत महत्वपूर्ण डकुमेन्टको डिजिटल कपी डाउनलोड गर्ने अनुमति प्रदान गर्छ। डकुमेन्ट साथमा नलिई सवारी चलाउनका लागि उक्त एप स्मार्टफोनमा डाउनलोड गर्नु पर्ने हुन्छ।
यसका साथै एथर ४५०एक्समा टायर प्रसर मोनिटरिङ सिस्टम (टीपीएमएस) पनि छ। यो फिचर स्कुटरमा एक्सेसरीज फिचरको रुपमा उपलब्ध छ।
जसका लागि ग्राहकले ५ हजार भारु अतिरिक्त भुक्तानी गर्नु पर्छ। स्कुटरमा उक्त सिस्टम उपलब्ध गराउने एथर इनर्जी भारतको पहिलो कम्पनी हो।
प्रकाशित: १३ जेष्ठ २०७९, शुक्रबार