तीन निर्माताको कब्जामा ९४ प्रतिशत डीर्याम बजार

Technology Khabar १३ जेष्ठ २०७९, शुक्रबार

तीन निर्माताको कब्जामा ९४ प्रतिशत डीर्याम बजार
Global IME Bank

काठमाडौं ।

सन् २०२१ मा विश्वका तीन डीआरएएम निर्माता सामसङ इलेक्ट्रोनिक्स, एसके हाइनिक्स तथा माइक्रोन टेक्नोलोजीले ९४ प्रतिशत बजार ओगटेको तथ्याङ्क छ।

यीमध्ये सामसङ तथा एसके हाइनिक्सको मिलाउँदा ७१.३ प्रतिशत हुने र बाँकी हिस्सा माइक्रोनको रहेको आईसी इन्साइटले उल्लेख गरेको छ।

सूचीमा सामसङ विश्व बजारको ४४ प्रतिशत हिस्सासहित लगभग ४१.९ अर्ब डलर बराबरको व्यापारसहित पहिलो नम्बरमा परेको छ।

सन् २०२० मा एक्स्ट्रिम अल्ट्राभायोलेट अर्थात् ईयूभी लिथोग्राफी प्रविधि प्रयोग गरेको सामसङले १४एनएम ईयूभीमा आधारित डीआरएएमको व्यापक उत्पादन अक्टोबरमा शुरु गरेको थियो।

यस्तै दोस्रो स्थानमा रहेको एसके हाइनिक्सको व्यापारले ३९ प्रतिशत वृद्धि गर्दै ३८ प्रतिशत बजार हिस्सा ओगटेको थियो भने यसको रकम २०२१ मा २६.६ अर्ब डलर बराबर रहेको थियो।

तेस्रो स्थानको माइक्रोनले भने उक्त अवधिमा २१.९ अर्ब डलर बराबरको व्यापार गरेको आईसी इन्साइटले उल्लेख गरेको छ।

Sajilo Visa

प्रकाशित: १३ जेष्ठ २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार