सतर्क रहनुहोस्, फोनकलबाटै ह्वाट्सएप ह्याक गरिँदैछ

Technology Khabar १२ जेष्ठ २०७९, बिहीबार

सतर्क रहनुहोस्, फोनकलबाटै ह्वाट्सएप ह्याक गरिँदैछ

काठमाडौं ।

ह्वाट्सएप प्रयोगकर्ता फेरि अर्को स्क्यामबाट लक्षित भएको पाइएको छ।

साधारण फोन कल मार्फत् ह्वाट्सएप एकाउन्ट ह्याक गर्ने भेटिएको क्लाउडसिकको कम्प्युटर सुरक्षा अनुसन्धाकर्ताहरुले पत्ता लगाएको गिगचाइनाले उल्लेख गरेको छ।

२ अर्बभन्दा बढी प्रयोगकर्ता रहेका ह्वाट्सएपलाई स्क्यामरहरुले नियमित रुपमा लक्षित गर्दै आइरहेका छन्।

क्लाउडसिकका सीईओ तथा संस्थाक राहुल सासीका अनुसार ह्याकरहरुले विभिन्न एपको प्रयोग गरी ह्वाट्सएप प्रयोगकर्तालाई कल गर्ने गछर्न र विशिष्ट नम्बर डायल गर्न अनुरोध गर्छन्।

ह्याकरको अनुरोध अनुसार प्रयोगकर्ताले नम्बर डायल गरेमा तुरुन्तै ह्वाट्सएप एकाउन्ट लग आउट हुन्छ। उक्त विशिष्ट नम्बरले ह्याकरलाई एकाउन्ट नियन्त्रण गर्ने अनुमति दिन्छ।

ह्वाट्सएपबाट सन् २०२१ को अन्त्यदेखि क्रिप्टोकरेन्सीको आधिकारिक भुक्तानी गर्न सकिने सुविधा छ। नोभी डिजिटल वालेटको सहायताबाट क्रिप्टोकरेन्सी भुक्तानी हुन्छ।

ह्याकरहरुले अवैध वा आतंकवादी गतिविधि सञ्चालनका लागि आवश्यक रकम भुक्तानीका लागि पनि ह्वाट्सएप ह्याक गर्ने सम्भावना उच्च रहेको गिगचाइनाले लेखेको छ।

Sajilo Visa

प्रकाशित: १२ जेष्ठ २०७९, बिहीबार

तपाइको प्रतिक्रिया