स्मार्ट ड्राइभिङ लाइसेन्स अब प्रदेशबाटै वितरण हुने

  • Technology Khabar | १० जेष्ठ २०७९, मंगलवार
स्मार्ट ड्राइभिङ लाइसेन्स अब प्रदेशबाटै वितरण हुने

काठमाडौं ।

सवारी चालक अनुमति पत्र (स्मार्ट ड्राइभिङ लाइेसन्स) प्रदेशबाटै वितरण हुने भएको छ।

आगामी आर्थिक वर्ष २०७९/८० को लागि सरकारको नीति तथा कार्यक्रम आज संसदको संयुक्त बैठकबाट सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेशबाटै लाइसेन्स वितरण हुने बताएकी हुन्।

हाल केन्द्रीय सरकारको मातहतमा रहेको यातायात व्यवस्था विभागले लाइसेन्स प्रिन्ट गरी प्रदेश सरकारको क्षेत्र अधिकार भित्र पर्ने यातायात कार्यालयहरुमार्फत लाइसेन्स वितरण गर्दै आइरहेको छ।

आगामी आवको लागि ल्याएको नीति तथा कार्यक्रम अनुसार अब प्रदेशबाट लाइसेन्स वितरण हुनेछ।

प्रकाशित: १० जेष्ठ २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...