ट्रिपल रियर क्यामरा र एमोलेड डिस्प्लेसहितको ओपो रेनो ८ सिरिज सार्वजनिक

Technology Khabar ९ जेष्ठ २०७९, सोमबार

ट्रिपल रियर क्यामरा र एमोलेड डिस्प्लेसहितको ओपो रेनो ८ सिरिज सार्वजनिक

काठमाडौं ।

ओपो रेनो ८ सिरिज फाइभजी चीनमा सार्वजनिक भएको छ। ओपो रेनो ८ सिरिजमा रेनो ८, रेनो प्रो र रेनो ८ प्रोप्लस रहेको छ। तीन ओटै डिभाइस समान डिजाइनमा देख्न सकिन्छ भने स्पेसिफिकेसनमा केही भिन्नता रहेको छ।

रेनो ८ सिरिज गत वर्षको रेनो ७ सिरिजको उत्तराधिकारीको रुपमा रहेको छ। ओपोले स्मार्टफोनका साथै ओप्पो प्याड एयर पनि सार्वजनिक गरेको छ।

ओपो रेनो ८ र ८ प्रोको डिस्प्लेको कुरा गर्दा जसमा ६.४३ इन्चको स्क्रिनको माथिल्लो बायाँ कुनामा पञ्च होल कटआउट रहेको छ। ओपो रेनो ८ प्रोप्लसमा भने ठूलो ६.७ इन्चको स्क्रिनको बिच भागमा केन्द्रित पञ्च रहेको छ। तीन ओटै स्मार्टफोनमा एफएचडीप्लस रिजोल्युसन र १२०एचजेड रिफ्रेस रेट भएको एमोलेड प्यानल रहेको छ भने भेनिला मोडलले अधिकतम ९०एचजेड रिफ्रेस रेट प्रदान गर्ने गिजमोचाइनाले उल्लेख गरेको छ।

ओपो रेनो ८ सिरिजको डिजाइनको कुरा गर्दा स्क्वायरिस आकारको क्यामरा मोड्युल रहेको छ जुन ब्याक प्यानलबाट माथि उठ्छ। क्यामराको आकार भने रेनो ८ देखि रेनो ८ प्रोप्लस हुँदै बढ्दै जान्छ। इन-स्क्रिन फिन्गरप्रिन्ट स्क्यानरमा उपलब्ध ३ वटै स्मार्टफोन बक्सी फार्म फ्याक्टर रहेको छ।

ओपो रेनो ८ सिरिजमा स्पोर्टस् ट्रिपल रियल क्यामरा छ। रेगुलर भेरियन्टमा ५० मेगापिक्सल मुख्य सेन्सर, २ मेगापिक्सल सेकेन्डरी स्न्यापर र २ मेगापिक्सल म्याक्रो यूनिट रहेको छ। प्रो र प्रोप्लस मोडलहरुमा समान सेन्सर बाहेक ८ मेगापिक्सल अल्ट्रा-वाइड-एंगल यूनिट रहेको छ। ३ वटै स्मार्टफोनमा ३२ मेगापिक्सलको सेल्फी क्यामरा छ।

रेनो ८ मा १३०० एसओसी छ भने प्रो भेरियन्टमा भर्खरै सार्वजनिक गरिएको स्न्यापड्रागन ७ जेन १ प्रोसेशर छ। प्रोप्लस मोडलमा भने ८१०० म्याक्स चिपसेट छ। ३ वटै स्मार्टफोन १२ जीबी र्याम र २५६ जीबी स्टोरेजमा उपलब्ध छ ।

रेनो ८ सिरिजमा ४५०० एमएएच ब्याट्री छ जसलाई ८० वाट फास्ट चार्जरबाट चार्ज गर्न सकिन्छ।

मूल्य र कलर

ओपो रेनो ८ र रेनो ८ प्रो ३ भेरियन्टमा उपलब्ध छ भने रेनो प्रो प्लस भने २ भेरियन्टमा उपलब्ध छ।

रेनो ८ ८ जीबी र्याम र १२८ रोमको मूल्य २४९९ यूआन, ८ जीबी र्याम र २५६ जीब रोमको मूल्य २६९९ यूआन तथा १२ जीबी र्याम र २५६ जीबी रोमको मूल्य २९९९ यूआन तोकिएको छ । सामान भेरियन्टको रेनो ८ प्रोको मूल्य २९९९ यूआन, ३१९९ यूआन र ३४९९ यूआन तोकिएको छ।

दुवै स्मार्टफोन क्लियर स्काई ब्ल्यू, लाइटल्लि डंग र नाइट टोर ब्ल्याक कलरमा उपलब्ध छ।

रेनो ८ प्रोप्लस २ भेरियन्टमा उपलब्ध छ । ८ जीबी र २५६ जीबी रोमको मूल्य ३६९९ यूआन तथा १२ जीबी र्याम र २५६ जीबी रोमको मूल्य ३९९९ यूआन तोकिएको छ।

फोन रोमिङ ग्रे र अन्डरकरेन्ट पेन्ट जब्स कलरमा उपलब्ध छ। यो फोन अन्य बजारमा कहिले आउँछ भन्ने कुनै जानकारी छैन्।

easy care

प्रकाशित: ९ जेष्ठ २०७९, सोमबार