Technology Khabar ९ जेष्ठ २०७९, सोमबार
काठमाडौं ।
चीनको आईसी उत्पादनले २०२१ को समग्र १८६.५ अर्ब डलर बराबरको आईसी बजारको १६.७ प्रतिशत हिस्सा ओगटेको थियो।
यो आँकडा एक दशकअघि अर्थात् सन् २०११ को तुलनामा १२.७ प्रतिशतले बढी रहेको आईसी इन्साइट्सलाई उद्धृत गर्दै डिजिटाइम्सले उल्लेख गरेको छ।
चीनभरीमा गत वर्ष उत्पादित ३१.२ अर्ब डलर बराबरको आईसीमध्ये १२.३ अर्ब डलर बराबरको अर्थात् ३९.४ प्रतिशत भने चीनमै मुख्यालय रहेका कम्पनीबाट भएको डिजिटाइम्सले लेखेको छ।
यसले देशको समग्र १८६.५ अर्ब डलर बराबरको आईसी बजारको ६.६ प्रतिशत मात्र रहेको छ।
आईसी इन्साइटका अनुसार यसबाहेकका बाँकी सबै आईसी भने टीएसएमसी, एसके हाइनिक्स, सामसङ, इन्टेल, यूएमसी तथा चीनमा आईसी वेफर फ्याब रहेका अन्य कम्पनीले उत्पादन गरेका हुन्।
प्रकाशित: ९ जेष्ठ २०७९, सोमबार