बीजी डी१५ इलेक्ट्रिक स्कुटर सार्वजनिक, शुरुवाती मूल्य ९९ हजार ९९९ भारु

Technology Khabar ८ जेष्ठ २०७९, आईतवार

बीजी डी१५ इलेक्ट्रिक स्कुटर सार्वजनिक, शुरुवाती मूल्य ९९ हजार ९९९ भारु

काठमाडौं ।

बगाउसले भारतमा तेस्रो इलेक्ट्रिक स्कुटर बीजी डी१५ सार्वजनिक गरेको छ। बीजी डी१५ को शुरुवाती मूल्य ९९ हजार ९९९ भारु (एक्स–शोरुम) तोकिएको छ।

इलेक्ट्रिक स्कुटर जुनदेखि बिक्रीका लागि उपलब्ध हुनेछ।
बीजी डी१५ मा २० भन्दा बढी सेफ्टी फिचर रहेको छ।

बीजी डी१५ वाटरप्रूफ, आईपी६७ रेटेड, इलेक्ट्रिक मोटर र अत्याधिक गमी र धँलोबाट सुरक्षा प्रदान गर्ने ब्याट्री रहेको कम्पनीको दावी रहेको जागरणले लेखेको समाचारमा उल्लेख छ।

स्पीड र रेञ्ज

बीजी डी१५ मा ३.२ किलोवाटआवरको लिथियम आयन ब्याट्री छ। स्पोर्टस् मोडमा ० देखि ६० किलोमिटर प्रतिघण्टाको गति ७ सेकेण्डमा हासिल हुन्छ।

बीजी डी१५ दुई मोड इको र स्पोर्टसमा उलब्ध छ। इलेक्ट्रिक स्कुटरमा १६ इन्चको अलोय ह्वील रहेको छ। कम्पनीका अनुसार लिथियम आयन ब्याट्रि साढे ५ घण्टामा १०० प्रतिशत चार्ज हुन्छ। डी१५ को एआएआई प्रमाणित रेञ्ज ११५ किलोमिटर रहेको छ।

फिचर

बीजी डी१५लाई स्मार्टफोनबाट कनेक्ट गर्न सकिन्छ। यसमा इन–बिल्ट नेभिजेशन, डिजिटल स्पीडोमिटर, ब्लूटुथ कनेक्टिभिटी, किलेस स्टार्ट, मोबाइल चार्ज गर्नका लागि यूएसबी पोर्ट, कल तथा नोटिफिकेसन अलर्ट पनि उपलब्ध छ।

कम्पनीले भारतमा हाल १०० वटा शोरुमबाट इलेक्ट्रिक स्कुटर बिक्री गरिरहेको छ।

Sajilo Visa

प्रकाशित: ८ जेष्ठ २०७९, आईतवार

तपाइको प्रतिक्रिया