अस्‍ट्रेलियाका अनुसन्धाताद्वारा रातमै सोलर प्यानल चार्ज गर्न सफल

Technology Khabar ७ जेष्ठ २०७९, शनिबार

अस्‍ट्रेलियाका अनुसन्धाताद्वारा रातमै सोलर प्यानल चार्ज गर्न सफल
Global IME Bank

काठमाडौं ।

हालै अस्ट्रेलियाको न्यू साउथ वेल्स यूनिभर्सिटी, सिडनीको टोलीले रातमा पृथ्वीले उत्पादन गर्ने तापक्रमबाट सोलर प्यानल चार्ज गर्न सफल भएका छन्।

सामान्यतया: सूर्यबाट आउने ऊर्जाले दिनभर पृथ्वीलाई तताउने गर्छ भने रातको समयमा पृथ्वीले त्यति नै उर्जा अन्तरिक्षमा पठाउँछ।

यो रेडिएटेड इनर्जी पृथ्‍वीको सतहबाट निस्किने भएकाले थर्मल उत्सर्जन हुने र यसलाई संग्रह गर्न सकिने ग्याजेट्स३६० ले उल्लेख गरेको छ।

रिसर्चरहरुले यो ऊर्जालाई सेल डिभाइसमा संग्रह गर्न सकिने र त्यसबाट बिजुलीमा परिणत गर्न सकिने बताएका छन्।

हालै एसीएस फोटोनिक्समा प्रकाशित एउटा अध्ययनमा उक्त टोलीले यो सिद्धान्तलाई यथार्थमा बदल्ने तरिकाबारे विस्तारमा व्याख्या गरेका छन्। उनीहरुले पृथ्वीबाट निस्किने फोटोनहरुलाई क्याप्चर गरेर बिजुलीमा बदल्नका लागि थर्मोरेडिएटिभ डायोडको उपयोग गरिएको बताएका छन्।

यो तरिकाबाट उनीहरु बिजुली उत्पादन गर्न सक्षम भए तर यसरी उत्पादित ऊर्जाको मात्रा सोलर प्यानलबाट निस्किने ऊर्जाभन्दा १ लाख गुणा कम हुने पाइएको थियो। तर पनि भविष्यमा राम्रो नतिजा आउन सक्नेमा वैज्ञानिकहरु आशावादी रहेका ग्याजेटस३६० ले उल्लेख गरेको छ।

रिसर्च टोलीको मुख्य एसोसिएट प्रोफेसर नेड एकिन्स-डोक्सले आफूहरुले थर्मोरेडिएटिभ डायोडका माध्यमबाट बिजुली उत्पादन गरेर देखाएको दावी गरे।

भविष्‍यमा यो प्रविधि उपयोग गरेर रातको समयमा सोलर प्यानल चार्ज गर्न सम्भव हुने वैज्ञानिकहरु आशावादी रहेको बुझिएको छ।

Sajilo Visa

प्रकाशित: ७ जेष्ठ २०७९, शनिबार

तपाइको प्रतिक्रिया

ताजा समाचार