भारतमा बनेको इलेक्ट्रिक मोटरसाइकल ओबेन रोर परीक्षणमा, सिंगल चार्जमा १५० किमी गुड्ने

Technology Khabar ५ जेष्ठ २०७९, बिहीबार

भारतमा बनेको इलेक्ट्रिक मोटरसाइकल ओबेन रोर परीक्षणमा, सिंगल चार्जमा १५० किमी गुड्ने
Global IME Bank

काठमाडौं ।

भारतको बैंग्लोरस्थित इलेक्ट्रिक भेहिकल कम्पनी ओबेन ईभीले नयाँ इलेक्ट्रिक मोटरसाइकल ओबेन रोरको टेस्ट राइड शुरु गर्ने भएको छ।

कम्पनीले भारतीय शहर बेंग्लोरको सडकमा उक्त मोटरसाइकल गुडाएर परीक्षण गरिरहेको छ।

ओबेन रोर इलेक्ट्रिक मोटरसाइकलको मूल्य ९९ हजार ९९९ भारु (एक्स–शोरुम, महाराष्ट्र) मूल्यमा सार्वजनिक गरिएको थियो। यो मूल्य फेम–२ र राज्य सरकारको छुट कटाएपछिको हो।

कम्पनीले १८ मार्चदेखि आफ्नो आधिकारिक वेबसाइटमा बुकिङ खुल्ला गरिरहेको छ। यसको टेस्ट राइड भने यसै महिनामा सुरु हुने अपेक्षा गरिएको ड्राइभस्पार्क डटमकले उल्लेख गरेको  छ।

सार्वजनिक कार्यक्रममा कम्पनीले ओबेन रोरको डेलीभरी जुलाई २०२२ देखि शुरु गर्ने घोषणा गरेको थियो।

सिंगल चार्जमा १५० किमी गुड्ने

स्टाइलिस डिजाइनका साथ उपलब्ध ओबेन रोरको रेन्ज निकै आकर्षक रहेको बुझिएको छ।

यो  मोटरसाइकल फुल चार्जमा १५० किलोमिटरसम्म गुड्ने कम्पनीको दावी छ। यसमा इको, सिटी, र हेवाक गरी ३ ओटा राइडिङ मोड उपलब्ध रहेको छ।

यो मोटरसाइकलले हेवाक मोडमा वास्तविक रेन्ज १०० किमी, सिटीमा १२० किमी र इकोमा १५० किमी रेञ्ज प्रदान गर्ने बताइएको छ।

यो इलेक्ट्रिक मोटरसाइकलमा ४.४ किलोवाटआवर क्षमताको लिथियम–आयन ब्याट्रीका साथमा १० किलोवाटको इलेक्ट्रिक मोटर दिइएको छ।

यो मोटरसाइकलले ६२ न्यूटन मिटरको पिक टर्क जेनेरेट गर्छ भने ३ सेकेण्डमा ० देखि ४० किलोमिटरको गति लिन सक्षम रहेको कम्पनीको भनाइ छ।

अधिकतम स्पिड १०० किमी

ओबेन रोर एएटा उच्च गतिको इलेक्ट्रिक मोटरसाइकल हो । यसको टप स्पिड १०० किलोमिटर प्रति घण्टा रहेको छ । यो बाइकमा फास्ट चार्जिङ प्रविधिको प्रयोग गरिएको छ । बाइक १५ एम्पीयरको वाल सकेटबाट २ घण्टामा ० देखि १०० प्रतिशतसम्म चार्ज हुन्छ ।

मेड इन इन्डिया

कम्पनीका अनुसार रोर इलेक्ट्रिक मोटरसाइकल पूर्ण रुपमा भारतमा विकास गरी स्थानीय स्तरमै निर्माण गरिएको हो। ओबेन रोर हेर्दा आकर्षक र बलियो बाइक भएको कम्पनीको दावी छ।

यसको अघिल्लो भागमा एलईडी डीआरएलको साथमा एक गोलाकार एलईडी हेडल्याम्प दिइएको छ। यसकका साथै, टर्न इन्डिकेटर र टेलल्याम्पमा एलईडी पनि दिइएको छ।

फिचरको कुरा गर्दा बाइकमा स्मार्टफोन कनेक्टिभिटीका साथ फुल डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर दिइएको छ। यो बाइकमा प्रेडिक्टिभ मेन्टेनेन्स, राइड डिटेल्स, ब्याट्री स्टेटस, जियो–फेन्सिङ, जियो–ट्यागिङ, चार्जिङ स्टेशन लोकेटर, अन–डिमान्ड सर्भिस र रोडसाइड असिस्टेन्सका साथै धेरै उपयोगी फिचर उपलब्ध छ।

ओबेन रोरको अगाडिपट्टि टेलिस्कोपिक फोर्क र पछि मोनोशक सस्पेन्सन दिइको छ भने बाइकको दुवै पाङ्ग्रामा डिस्क ब्रेकका साथ कम्बी ब्रेक सिस्टम (सीबीएस) दिइएको छ। बाइकको ग्राउण्ड क्लियरेन्स २०० एमएम रहेको बताइएको छ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: ५ जेष्ठ २०७९, बिहीबार