Technology Khabar ४ जेष्ठ २०७९, बुधबार
काठमाडौं ।
माइक्रोसफ्टले आफ्ना कर्मचारीको तलब दोब्बर बढाउने भएको छ।
कम्पनीले आफ्ना कर्मचारी कम्पनी छोडेर नजाउन् भन्ने सुनिश्चित गर्न तथा उनीहरुलाई मुद्रास्फीतिसँग लड्न सहज बनाउने उद्देश्यले तलब बढाउन लागेको लाइभमिन्ट डटकमले उल्लेख गरेको छ।
माइक्रोसफ्ट कर्पले कर्मचारीको तलब बढाउन तथा केही कर्मचारीलाई २५ प्रतिशतसम्म क्षतिपूर्ति दिन आफ्नो बजेट दोब्बरभन्दा बढी बनाएको ब्लूमबर्गले जनाएको छ।
कम्पनीले एउटा विज्ञप्तिमा यो निर्णयले विशेषगरी करियरको शुरुवात र मध्यमा रहेका कर्मचारीलाई फाइदा पुग्ने बताएको छ।
माइक्रोसफ्टको तलब प्याकेजमा आधारभूत तलब, बोनस तथा स्टक रहने लाइभमिन्टले उल्लेख गरेको छ।
यसबाट २०२१ जुनसम्म १ लाख ८१ हजार सङ्ख्यामा रहेका कम्पनीको कार्यशक्तिको मुख्य भागलाई बढी लाभान्वित बनाउने बुझिएको छ।
स्टकका हकमा भने कम्पनीको आन्तरिक स्केलमा लेभल ६७ वा त्योभन्दा कम रहेका कर्मचारीहरुको वृद्धि गर्ने सीईओ सत्या नाडेलाले बताएका छन्।
प्रकाशित: ४ जेष्ठ २०७९, बुधबार