Technology Khabar ३१ बैशाख २०७९, शनिबार
काठमाडौं ।
के पृथ्वी बाहिर पनि जीवन छ? यो प्रश्न वर्षौंदेखि हाम्रो सामु उभिएको छ। यससँगै अर्को प्रश्न उठ्छ, के त्यहाँ एलियन्स छन् ? यदि हो भने, तिनीहरू कहाँ र कहिले देखि अवस्थित छन्? वैज्ञानिकहरूले यी प्रश्नहरूको जवाफ खोज्ने प्रयास गरिरहेका छन्। तर, अहिलेसम्म कुनै ठोस तथ्य उनको अगाडि आएको छैन।
पृथ्वी बाहिर जीवन छ र एलियन्स छन् भन्ने विश्वास गर्ने मानिसको संसारमा कुनै कमी छैन। यस्तो विश्वास गर्नेहरूमध्ये नासाका पूर्व प्रमुख वैज्ञानिक पनि छन्। विगतमा एक टिभी अन्तर्वार्तामा उनले आगामी केही वर्षमा मानिसहरुको एलियनसँग भेट हुने बताएका थिए।
बीबीसीसँगको कुराकानीमा नासाका पूर्व प्रमुख वैज्ञानिक जिम ग्रीनले पृथ्वीबाहिर जीवन रहेको विश्वास व्यक्त गरेपछि मानिस साँच्चै एउटा अचम्मको खोजको नजिक पुगेको बताए। अमेरिकी अन्तरिक्ष एजेन्सीमा करिब ४० वर्ष काम गरेका जिमले आफ्नो जीवनकालमा एलियन्स पत्ता लगाउने आशा रहेको बताएका छन्। जिमले भने, “हामी धेरै छिटो अघि बढिरहेका छौं। अब हामीलाई थाहा छ कि हाम्रो ग्यालेक्सीमा ग्रहहरू भन्दा धेरै ताराहरू छन्।”
तीमध्ये धेरैजसो पृथ्वीजस्ता ठाउँमा सूर्यको किरण पुग्ने र पानी पनि हुन सक्ने उनले बताए। यो पानी तरलको रुपमा मात्र नभई हिउँ र बाष्पको रुपमा पनि हुन सक्छ। यी आधारतभूत सर्तहरू हुन् जसलाई हामी जीवनको लागि महत्त्वपूर्ण ठान्छौं। वैज्ञानिकहरूले यस्तो अवस्था भएका ग्रहहरू खोजिरहेका छन् र जहाँ जीवन हुन सक्छ।
गत वर्षको डिसेम्बरमा नासाले जेम्स वेब टेलिस्कोपलाई अन्तरिक्षमा पठाएको थियो। यसको मद्दतले वैज्ञानिकहरूले ती ग्रह र ताराहरू पत्ता लगाउन सक्षम हुनेछन्, जसको बारेमा अहिलेसम्म धेरै थाहा छैन। जिमले अन्तरिक्षमा पठाइएको सबैभन्दा ठूलो र महँगो टेलिस्कोपको सहायताले हामी तिनीहरूको वायुमण्डलबाट कति ओटा अज्ञात ग्रहहरू देखा पर्छन् भनेर पत्ता लगाउन थाल्ने बताएका छन्।
ती ग्रहहरू शुक्रजस्तै छन्, मंगल ग्रहजस्तै छन् वा हाम्रो पृथ्वीजस्तै छन् भन्ने कुरा आगामी वर्षहरूमा थाहा पाउने जिमले बताए। उनले यसलाई ठूलो कदम भनेका छन् र आगामी केही वर्षमा हामीले हाम्रो ब्रह्माण्डको बारेमा सबै कुरा थाहा पाउनेछौं जुन अहिलेसम्म थाहा छैन।
नासाका पूर्व प्रमुख वैज्ञानिकले अमेरिकी अन्तरिक्ष एजेन्सीले यस ब्रह्माण्डमा हामी एक्लै छौं कि छैनौं र हामी यहाँ कसरी आइपुग्यौं भन्ने दुई ओटा प्रश्नको जवाफ चाँडै नै दिने भविष्यवाणी गरेका छन्।
एलियन्स र यूएफओहरुको बारेमा हालसम्मका दावीमा केहि नयाँ छैन। यस्ता धेरै घटनाहरू छन् जसमा मानिसहरूले एलियनहरू देखेको दाबी गरेका छन्। तर, अन्तरिक्ष एजेन्सीहरूले यसबारे दृढतापूर्वक बोल्न अस्वीकार गरेका छन्। उनीहरुले केहि लुकाइरहेका छन् वा केहि खोजको धेरै नजिक आइपुगेका छन भन्ने प्रश्न उब्जिएको छ।
प्रकाशित: ३१ बैशाख २०७९, शनिबार