नोकिया एक्स२० मा पहिलो एन्ड्रोइड १३ डेभलपर प्रिभ्यू उपलब्ध

Technology Khabar ३१ बैशाख २०७९, शनिबार

नोकिया एक्स२० मा पहिलो एन्ड्रोइड १३ डेभलपर प्रिभ्यू उपलब्ध

काठमाडौं ।

नोकियाको एक्स२० स्मार्टफोनका लागि पनि एन्ड्रोइड १३ डेभलपर बिटा उपलब्ध भएको छ।

एचएमडी ग्लोबलले यसलाई बिटा नभनेर डेभलपर प्रिभ्यू भनेकाले यसको अन्तिम भर्सन आइपुग्दासम्म थुप्रै अपडेट हुनसक्ने आकलन गरिएको छ।

तर यो प्रिभ्यू अपडेट गरेपछि पुरानै एन्ड्रोइड १२ मा फर्किनुपरेको खण्डमा सबै डाटा मेटिने भएकाले सबै डाटाको ब्याकअप राख्नुपर्ने जीएसएमएरिनाले उल्लेख गरेको छ।

यस्ता भर्सनमा पर्फर्मेन्स र स्टेबिलिटीको समस्या देखिने भएकाले आफ्नै जोखिममा अपडेट गर्न पनि सुझाइएको छ।

अपडेटका लागि नोकिया एक्स २०को माइ डिभाइसमा गएर तलपट्टि रहेको सपोर्ट ब्यानरमा क्लिक गरी स्क्रोल डाउन गरेर डेभलपर प्रिभ्यू छान्नुपर्छ।

त्यसपछि आईएमईआई चेक गरेपछि १२ घण्टाभित्र ओटीएमार्फन् अपडेट उपलब्ध हुन्छ।

त्यसबाहेक सेटिङ्समा गएर एबाउट फोनभित्रको सिस्टम अपडेट्समार्फत् पनि यसलाई अपडेट गर्न सकिने जीएसएमएरिनाले जनाएको छ।

प्रकाशित: ३१ बैशाख २०७९, शनिबार