ई-कमर्समार्फत् हुने कारोबार: सङ्ख्या बढ्यो, रकम घट्यो

Technology Khabar ३१ बैशाख २०७९, शनिबार

ई-कमर्समार्फत् हुने कारोबार: सङ्ख्या बढ्यो, रकम घट्यो

काठमाडौं ।

आर्थिक वर्ष २०७८/७९ को नवौं अर्थात् चैत्र महिनाभरी ई-कमर्समार्फत् ३४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

हालै नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु स्थूल आर्थिक प्रतिवेदनमा चैत्र महिनामा ई-कमर्समार्फत् भएको कारोबार संख्या ६४ हजार ४०६ उल्लेख गरिएको छ। यो आँकडा अघिल्लो महिना अर्थात्  फागुनको भन्दा  १ हजार ५८९ ले बढी हो।

सामान्यतया: कारोबार संख्यामा आएको उतारचढाव अनुसार नै कारोबार रकममा पनि उस्तै तरिकाले घटबढ हुने गर्दछ। तर फागुन मसान्तदेखि चैत्र मसान्तसम्मको एक महिनाको अवधिमा कारोबार सङ्ख्यामा केही वृद्धि भए पनि रकम थोरै परिमाणमा घटेको पाइएको छ।

प्रतिवेदन अनुसार चैत्र महिनामा ई-कमर्सको क्षेत्रमा ३४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ जुन अघिल्लो महिनाको तुलनामा ८० लाख रुपैयाँले कम हो।

अघिल्लो महिना अर्थात् फागुन मसान्तसम्मा ३४ करोड ८० लाख रुपैयाँको कारोबार भएकोमा एक महिनाको अवधिमा ८० लाख रुपैयाँले गिरावट आएर ३४ करोड रुपैयाँमा झरेको प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित: ३१ बैशाख २०७९, शनिबार