ट्राभल र हस्पिटालिटी टेक्नोलोजी प्लेटफर्म ओयोको आईपीओ स्वीकृत नगर्न भारतमा माग

Technology Khabar ३० बैशाख २०७९, शुक्रबार

ट्राभल र हस्पिटालिटी टेक्नोलोजी प्लेटफर्म ओयोको आईपीओ स्वीकृत नगर्न भारतमा माग

काठमाडौं ।

अनलाइन प्लेटफर्ममा आधारित रहेर हस्पिटालिटी सेवा दिने भारतीय फर्म ओयोको सार्वजनिक शेयर निस्कासन (आईपीओ) अनुमति नदिन फेडेरेसन अफ होटल एण्ड रेष्टुरेन्ट एसोसिएसन अफ इन्डिया (एफएचआरएआई) ले एकपटक फेरि सेबीलाई आग्रह गरेको छ।

सफ्टबैंकले लगानी गरेको ट्राभल र हस्पिटालिटी टेक्नोलोजी प्लेटफर्म ओयो ओयोले हालैका वर्षहरूमा ठूलो घाटा बेहोरेको एसोसिएसनले जनाएको छ । यस्तो अवस्थामा उनले यो आईपीओ ल्याउन दिनु नहुने बताएको हो।

ओयोले २०२१ मा ३,९४३.८४ करोड भारु घाटा बेहोरेको भन्दै एफएचआरएआईले त्यस्तो माग गरेको भारतीय मिडियाहरुले जनाएका छन्। ओयो २०१३ मा लन्च भएको थियो र त्यसयता घाटामा चलिरहेको छ ।

कम्पनीको कारोबार सन् २०२० मा १३ हजार ४१३ करोड भारतीय रुपैयाँ थियो, जुन २०२१ मा घटेर ४१५७ रुपैयाँमा झरेको छ । एसोसिएसनले सेबीलाई ओयोको आईपीओले आम लगानीकर्ताको पैसा डुब्ने र यसका संस्थापक र व्यवस्थापन पब्लिक अफरमार्फत धनी हुने बताएको छ।

एसोसिएसनका उपाध्यक्ष गुरबख्शसिंह कोहलीले प्रतिस्पर्धा अन्त्य गर्ने व्यवसायिक विधि अपनाउनुका साथै ओयो स्थापनाकालदेखि नै घाटा व्यहोर्दै आएको कम्पनी भएको बताए। यसले लगानीकर्ताहरूबाट धेरै पैसा उठाएको हुन सक्छ र यसलाई देशको सबैभन्दा आशाजनक स्टार्टअपहरू मध्ये एकको रूपमा हेरिएको छ, तर वास्तविकता यो हो कि यसले आफ्नो व्यवसायलाई प्रभावकारी रूपमा सेवा सञ्चालन गर्न केही गरेको छैन।

कम्पनीको कमजोर आर्थिक स्वास्थ्य र घाटा बाहेक भारतीय प्रतिस्पर्धा आयोगले प्रतिस्पर्धा विरोधी विधि अपनाएकोमा यसको विरुद्ध अनुसन्धान गरिरहेको समेत उनले बताएका छन्।

ओयोले बजारमा भइरहेको अस्थिरतालाई मध्यनजर गर्दै तत्कालका लागि आईपीओ ल्याउने योजना अघि सारेको छ। ओयोले गत वर्ष अक्टोबरमा भारतीय बजार नियामकमा मस्यौदा कागजातहरू दायर गरेको थियो।

Global Bank
easy care

प्रकाशित: ३० बैशाख २०७९, शुक्रबार

ताजा समाचार