टोयोटाले घरेलु र निर्यात बजारका लागि भारतमा ईभी पार्ट्स बनाउने

Technology Khabar ३० बैशाख २०७९, शुक्रबार

टोयोटाले घरेलु र निर्यात बजारका लागि भारतमा ईभी पार्ट्स बनाउने

काठमाडौं ।

टोयोटा मोटर कर्पले भारतलाई विद्युतीय सवारीका पार्टपुर्जाहरूको उत्पादनको केन्द्र बनाउने योजना बनाएको छ। त्यहाँको माग पूरा गर्न र जापान र केही आसियान देशहरूमा निर्यातको लागि योजना गरेको बताईएको छ।

रोयटर्सको रिपोर्टअनुसार कार निर्माताले ब्याट्री ईभी, प्लग-इन हाइब्रिड र अन्य हाइब्रिड मोडलहरू सहित विभिन्न विद्युतीय सवारी साधनहरूद्वारा प्रयोग हुने ई-ड्राइभ वा इलेक्ट्रिक पावरट्रेन पार्ट्स उत्पादन गरेर सुरु गर्ने योजना बनाएको टोयोटा किर्लोस्कर मोटरका कार्यकारी उपाध्यक्ष विक्रम गुलाटीले बताए।

गुलाटीले भने, “आकांक्षा भनेको भारतलाई क्लिनर प्रविधिहरूको उत्पादनको केन्द्र बनाउने हो।

उनले टोयोटाले निर्यात गर्ने आसियान वा दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्घका देशहरूको नाम भने बताएनन्।

यो कदम कम्पनीको भर्खरैको घोषणापछि आएको जसमा यसले ईभीहरुको आपूर्ति श्रृंखला स्थानीयकरण गर्न भारतमा ४८ अर्ब भारु (६२.१ करोड डलर) लगानी गर्नेछ। यो यसको फराकिलो २०५० कार्बन तटस्थता लक्ष्यहरूको एक हिस्सा हो।

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले कम्पनीहरूलाई ईभी र तिनका पार्टपुर्जाहरू स्थानीय रूपमा निर्माण गर्न अर्बौं डलरको प्रोत्साहन प्रस्ताव गरिरहेको छ।

भारतमा लगानीको ठूलो हिस्सा टोयोटाको स्थानीय इकाई, टोयोटा किर्लोस्कर मोटर र टोयोटा किर्लोस्कर अटो पार्ट्स (टीकेएपी), टोयोटा मोटर कर्प, आइसिन सेकी कम्पनी र किर्लोस्कर सिस्टम्सको संयुक्त लगानी रहेको कम्पनीले जनाएको छ।

विश्वको सबैभन्दा ठूलो कार निर्माताले २०३० सम्ममा आफ्नो अटोमोबाइलहरू विद्युतीकरण गर्न ७० अर्ब डलर लगानी गर्ने योजना बनाएको गत डिसेम्बरमा बताएको थियो। जसमा ब्याट्री ईभी विकास गर्ने समावेश छ किनभने यो स्वच्छ सवारी साधनहरूमा सर्ने क्रममा अर्बौं डलर लगानी गर्ने विश्वव्यापी अटोमेकरहरूको साथमा छ।

तथापि, भारतमा, टोयोटाले आफ्नो हाइब्रिड मोडेलहरू पहिले लन्च गर्नमा बढी ध्यान केन्द्रित गरेको छ।

यसले विभिन्न उपभोक्ता आवश्यकताहरू पनि सम्बोधन गर्ने गुलाटीले बताएका छन् र यसले “विद्युतीकृत भविष्यतर्फ द्रुत संक्रमण” लाई सक्षम पार्नेछ। आपूर्ति शृङ्खला चाँडै निर्माण गर्दा टोयोटालाई भारतमा भोल्युम र मूल्यका हिसाबले प्रतिस्पर्धी बन्न मद्दत गर्ने गुलाटीले बताए।

प्रकाशित: ३० बैशाख २०७९, शुक्रबार