एयरबीएनबी नयाँ डिजाइनमा, के छन् विशेषता?

Technology Khabar ३० बैशाख २०७९, शुक्रबार

एयरबीएनबी नयाँ डिजाइनमा, के छन् विशेषता?

काठमाडौं ।

एयरबीएनबीले आफ्नो प्लेटफर्ममा बुधबारदेखि केही अपडेटहरु ल्याएको छ।

कम्पनीका सीईओ ब्रायन चेस्कीले उक्त अपडेटलाई ‘एयरबीएनबीमा एक दशकमा आएको सबैभन्दा ठूलो अपडेट’ को नाम दिएका छन्।

भर्चुअल समर इभेन्टमा घोषणा गरिएको नयाँ अपडेटमा सर्च गर्ने नयाँ तरिका, घर वा अतिरिक्त अतिथि सुरक्षासहितको आवासमध्ये कुनमा बस्ने भन्ने विकल्प आदि उल्लेख्य रहेका छन्।

सीएनबीसीका अनुसार यो अपडेटेड एप तथा नयाँ फिचरहरु बुधबारदेखि नै अमेरिकामा रोलआउट भएको र अर्को साता विश्वभरी नै उपलब्ध हुनेछ।

कम्पनीले यसै महिनाको शुरुवातमा आफ्नो आम्दानी विवरण प्रस्तुत गर्दै दोस्रो त्रैमासमा अझ बढी मुनाफा हुने प्रक्षेपण गरेको छ। कम्पनीले नाइट तथा एक्सपेरियन्स बुक कोरोना अघिको समयभन्दा पनि नाघेको जनाएको छ।

प्रकाशित: ३० बैशाख २०७९, शुक्रबार