सामाजिक सञ्जालको गंभिर दूरुपयोग गर्नेलाई चुनावपछि पनि कारबाही गरिने !

Technology Khabar २९ बैशाख २०७९, बिहीबार

सामाजिक सञ्जालको गंभिर दूरुपयोग गर्नेलाई चुनावपछि पनि कारबाही गरिने !

काठमाडौं ।

निर्वाचनको समयमा सामाजिक संजालको दूरुपयोग भएको घट्नामा निर्वाचन आयोगले चुनावपछि पनि कारबाही गर्ने भएको छ।

चुनावको समयमा सामाजिक संजालको दूरुपयोग भएको अवस्थामा आयोगले त्यसलाई अनुगमन गरिरहेको भन्दै त्यसको लागि चुनावपछि पनि कानूनअनुसार कारबाही गर्ने चेतावनी दिएको हो।

आयोगका सहायक प्रवक्ता सुर्य प्रसाद अर्यालले यस्तो उजुरीमा सामाजिक संजाल साइबर कानूनसमेत आकर्षित हुने भन्दै सोहिअनुसार आयोगले निरन्तर अनुमगन गरिरहेको र उजुरीकोरुपमा समेत प्राप्त भएको बताए।

“आयोगले गंभिर प्रकृतिका आचारसंहिता उल्लंघन भएको देखिएको भए पछि पनि ट्र्याक गरेर कारबाही गर्नेछ,” उनले भने।

आयोगले निर्वाचनमा सामाजिक संजालको उपयोग सम्बन्धि नीति जारी गरिसकेको र सो नीतिअनुसार नै आईटी प्रमुखको संयोजकत्वमा टास्कफोर्स समेत गठन गरेको उनले बताए। उनले सामाजिक संजालको दूरुपयोगको कार्य घट्दो क्रममा रहेको जानकारी समेत दिए।

यो पनि हेर्नुस्-

जानिराखौं: निर्वाचनको सन्दर्भमा सामाजिक सञ्जाल प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा

Global Bank
easy care

प्रकाशित: २९ बैशाख २०७९, बिहीबार

ताजा समाचार