सिक्सजी नेटवर्कको स्ट्याण्डर्ड बनाउँदै सामसङ, फाइभजी भन्दा ५० गुणा तिब्र इन्टरनेट स्पीड

Technology Khabar २९ बैशाख २०७९, बिहीबार

सिक्सजी नेटवर्कको स्ट्याण्डर्ड बनाउँदै सामसङ, फाइभजी भन्दा ५० गुणा तिब्र इन्टरनेट स्पीड

काठमाडौं ।

सामसङ इलेक्ट्रोनिक्सले भर्खरै नयाँ योजना सार्वजनिक गरेको छ जसले  सिक्सजी नेटवर्कमा आधारित नेटवर्किङको अर्को पुस्ताको मानकको लागि कम्पनीको दृष्टिकोण झल्काउँछ। यसको लागि हालै कम्पनीले ‘सिक्सजी स्पेक्ट्रम: एक्प्यान्डिङ्ग द फ्रन्टियर (6G Spectrum: Expanding the Frontier)’ शीर्षकको एउटा पेपर साझा गरेको छ।

सामसङका कार्यकारी उपाध्यक्ष तथा एडभान्स कम्युनिकेसन अनुसन्धान केन्द्रका प्रमुख सुङह्युन चोईका अनुसार, “हामीले सिक्सजी कम्युनिकेसन प्रविधिलाई सामान्य रूपमा पहिचान गर्न, विकास गर्न र उपलब्ध गराउने योजना निकै चाँडो सुरु गरेका छौं। हामी जीवनको हरेक हिँडाइमा अर्को हाइपर जडित अनुभव प्रदान गर्न हाम्रो दृष्टिकोण देखाउनको लागि नेतृत्व गर्न र हाम्रा परिणामहरू साझा गर्न तयार छौं।’

सरल भाषामा भन्नुपर्दा, दक्षिण कोरियाली टेक्नोलोजी कम्पनीले नयाँ पुस्ताको स्ट्याण्डर्ड बजारमा ल्याउने काम सुरु गरेको एक रिपोर्टमा उल्लेख छ।

थप रूपमा, सिक्सजीलाई अल्ट्रा-वाइडब्यान्ड ब्यान्डविथको साथ स्पेक्ट्रम चाहिन्छ, जुन सय मेगाहर्ट्जदेखि दसौं गीगाहर्जसम्मको हुन्छ। सरल भाषामा भन्नुपर्दा, यो हाई इण्ड मोबाइलले सही स्तरमा होलोग्राम र इमर्सिभ एक्सटेन्डेड रियालिटी (एक्सआर) फिचर पनि गर्नेछ।

त्यसैगरी कम्पनीले अर्को पुस्ताको सञ्चार मापदण्डको कभरेज सुधार गर्नमा पनि ध्यान केन्द्रित गरिरहेको छ। नतिजाको स्वरूप यसले सिक्सजीको लागि उपलब्ध सबै ब्यान्डहरू विचार गरिरहेको छ। जसमा १ गीगाहर्ज अन्तर्गतको कम ब्यान्डदेखि १ देखि २४गीगाहर्ज दायरामा मध्य ब्यान्डसम्म, र २४ देखि ३०० गीगाहर्ज दायरामा उच्च ब्यान्डहरू पनि समावेश छन्।

रिपोर्टकाअनुसार सामसंगले ६जीको प्रस्ताव गरिरहेको छ र यसले ६जी १टीबीसम्म जान सक्ने दाबी गरेको छ, जुन ५जी नेटवर्कमा २० जीबीपीएस भन्दा ५० गुणा छिटो हुनेछ। २०२१ मा गरिएको यसको परीक्षणको क्रममा, कम्पनीले १५ मिटर भित्र भित्र ६जीबीपीएस डाटा दर देखाउन सक्षम भयो। घरको भित्रको नेटवर्कमा ३० मिटर दायरामा १२ जीबीपीएसको डाटा दरमा संचालित भएको थियो।

डाटा दरहरू १२० मिटरको दूरीमा पनि २.३ जीबीपीएस पुग्दै थिए। सामसङले आफ्नो ६जी अनुसन्धानको नतिजा र थप जानकारी आगामी दिनमा पनि साझा गर्ने योजना बनाएको छ।

प्रकाशित: २९ बैशाख २०७९, बिहीबार