जानिराखौं: निर्वाचनको सन्दर्भमा सामाजिक सञ्जाल प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा

  • Technology Khabar | २७ बैशाख २०७९, मंगलवार
जानिराखौं: निर्वाचनको सन्दर्भमा सामाजिक सञ्जाल प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा
सांकेतिक तस्बिर। फ्रिपिक डटकमको सहयोगमा।

काठमाडौं ।

यहि वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनको अवधिमा सामाजिक संजालको प्रयोगका लागि निर्वाचन आयोगले यसअघि नै आचारसंहिता जारी गरेको छ।

सोहीअनुसार आयोगले सामाजिक सञ्जालको प्रयोगमा सचेत हुन भन्दै सबैलाई आग्रह गर्दै आएको छ।

हालै आयोगले निर्वाचनको सन्दर्भमा सामाजिक सञ्जाल प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराको बारेमा सर्वसाधारणलाई जानकारी गराएको छ।

यस्तो छ चुनाव अवधिभर सामाजिक सञ्जालको प्रयोग बारेको ध्यान दिनुपर्ने कुरा:

  • शीर्षककै आधारमा वा मन परेकै आधारमा लाइक, सेयर र कमेन्ट नगरौं।
  • सूचनाको विश्वसनीयता जाँच गरौँ।
  • निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले कसैले पनि सामाजिक सञ्जालमा झुटा साइट र एकाउन्ट सञ्चालन नगरौं।
  • निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, अपमान गर्ने, द्वेषपूर्ण अभिव्यक्ति (हेट स्पीच) दिने जस्ता कार्य नगरौं।
  • कुनै प्रयोजनको लागि प्रकाशन वा प्रसारण भएको सूचना वा सामग्रीलाई निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले।
  • तोडमोड गरी/गराई सामाजिक सञ्जालमा शेयर वा लाइक वा कमेन्ट नगरौँ।
  • कसैको चरित्र हत्या हुने, व्यक्तिगत लाञ्छना लगाउने, मानहानी हुने वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरूपमा।
  • उत्पादन गर्ने तथा त्यस्ता सामग्री कुनै माध्यमबाट प्रकाशन वा प्रसारण नगरौँ।

प्रकाशित: २७ बैशाख २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार