स्न्यापड्रागन ८ जेन २: स्पेसिफिकेशन र निर्माता सार्वजनिक

Technology Khabar २७ बैशाख २०७९, मंगलवार

स्न्यापड्रागन ८ जेन २: स्पेसिफिकेशन र निर्माता सार्वजनिक
Global IME Bank

काठमाडौं ।

क्वालकमले आफ्नो अत्याधुनिक स्न्यापड्रागन ८ जेन १ को उत्तराधिकारीका रुपमा ८ जेन २ चिपसेट ल्याउने भएको छ।

हाल बजारमा उपलब्ध स्न्यापड्रागन ८ जेन १ प्लस चिपमा ओभरहिटिङको समस्या देखिएको गुनासो आउने गरेका छन्।

यस हिसाबले आउन लागेका थुप्रै एन्ड्रोइड फ्ल्यागशिप निर्माताहरुले त्यसै अनुसार आफ्ना डिभाइसहरुलाई अप्टिमाइज गर्दै आउनुपरेको छ।

गिगचाइनाका अनुसार अब छिट्टै ८ जेन २ चिपसेट आउँदै गरेको अवस्थामा स्मार्टफोन निर्माताहरुले ८ जेन १ कै आर्किटेक्चरमा बनेको यो चिपसेटलाई आत्मसात् गर्नसक्ने आकलन गरिएको छ।

चर्चित इन्साइडर डिजिटल च्याट स्टेशनका अनुसार यो चिपसेटको काम तीव्र गतिले भइरहेको छ। यसमा कोरहरुलाई १+३+४ स्किम अनुसार राखिने बताइएको छ।

कम्पनीले यसमा कर्टेक्स एक्स समूहको एउटा सुपर-कोर, तीन ओटा उच्च प्रदर्शनयुक्त कोर तथा ४ ओटा कम उर्जा खपत गर्ने कोरहरुको संयोजन गर्ने गिगचाइनाले उल्लेख गरेको छ।

कम्पनीले यसमा १० जीबीपीएससम्मको डाउनलोड स्पीडयुक्त नयाँ फाइभजी स्न्यापड्रागन एक्स७० मोडम दिने बुझिएको छ। यसबाहेक यो चिपसेटलाई ताइवानको चिप निर्माता कम्पनीले आफ्नो ४ एनएम फाउन्ड्रीमा निर्माण गर्ने तय भएको छ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: २७ बैशाख २०७९, मंगलवार