नौ महिनामा कति आए नेपालमा माइक्रोवेभ ओभन? हेर्नुहोस् आँकडा

Technology Khabar १९ बैशाख २०७९, सोमबार

नौ महिनामा कति आए नेपालमा माइक्रोवेभ ओभन? हेर्नुहोस् आँकडा

काठमाडौं ।

नेपालमा यो आर्थिक वर्षको शुरुवाती ९ महिनामा २७ करोड ७७ लाख २२ हजार रुपैयाँ बराबरका माइक्रोवेभ ओभन आयात भएका छन्।

भन्सार विभागले हालै अद्यावधिक गरेको आर्थिक वर्ष २०७८/७९ को चैत्र मसान्तसम्मको आँकडा अनुसार नेपालमा उक्त रकम बराबरका २७ हजार ५७ ओटा माइक्रोवेभ ओभन भित्रिएका हुन्।

यीमध्ये सबैभन्दा बढी चीनबाट १० करोड ८४ लाख ९९ हजार रुपैयाँ बराबरको १३ हजार ८७४ ओटा माइक्रोवेभ ओभन आएका आयात पाइएको छ।

यसपछि भारतबाट १२ करोड ३३ लाख १८ हजार बराबरको ९ हजार ३२० थान, मलेसियाबाट ४ करोड २७ लाख २ हजार रुपैयाँ बराबरको ३ हजार ४०५ थान, यूएईबाट ८ लाख ६ हजार बराबरको १०२ थान, बंगलादेशबाट १३ लाख ४ हजार बराबरको १५० थान बराबरका माइक्रोवेभ ओभन आयात भएका पाइएको छ।

यसैगरी कुवेतबाट ५ लाख ८७ हजार बराबरको ७८ थान, कतारबाट २ लाख ७४ हजार बराबरको ७७ थान, साउदी अरेबियाबाट १ लाख ३ हजार बराबरको २० थान, बहराइनबाट २४ हजार बराबरको ११ थान, इजरायल र ओमनबाट क्रमश: १५ र १२ हजार बराबरको ४-४ थान माइक्रोवेभ ओभन आयात भएका प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित: १९ बैशाख २०७९, सोमबार