इन्टरनेटको समस्या समाधान गर्न सम्बन्धित निकायहरूलाई क्यान महासंघको आग्रह

Technology Khabar १८ बैशाख २०७९, आईतवार

इन्टरनेटको समस्या समाधान गर्न सम्बन्धित निकायहरूलाई क्यान महासंघको आग्रह

काठमाडौं ।

चुनावको समयमा इन्टरनेट सेवा बन्द भएमा सरकारले जिम्मा लिनुपर्ने चेतावनी सन्दर्भमा क्यान महासंघको ध्यानाकर्षण भएको छ।

महासंघले एक विज्ञप्ति जारी गरी इन्टरनेट सेवा प्रवाहका सन्दर्भमा विगत केही दिनयता जिम्मेवार निकायहरुबाट व्यक्त धारणाहरुप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको हो।

शुक्रबारमात्र नेपालका इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको छाता संस्था इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि (आईसीटी) दिवस बहिष्कार गर्ने घोषणा गरेको थियो।

यसका साथै उक्त संस्थाले चुनावको समयमा इन्टरनेट सेवा बन्द भएमा सरकारले जिम्मा लिनुपर्ने चेतावनीसमेत  दिएको थियो।

विज्ञप्तिमा महासंघले इन्टरनेट सेवा प्रदायकहरुले विदेशबाट ब्याण्डविथ खरिदका लागि आवश्यक विदेशी मुद्रा सटही सिफारिश एवं महालेखपरीक्षकको वार्षिक प्रतिवेदनका आधारमा बेरुजु सम्बन्धमा विभिन्न निकायहरुबिच बुझाईमा फरक परेका कारण ब्याण्डविथ शुल्क तिर्न ढिला भएकाले इन्टरनेट सेवामा अवरोध आउनसक्ने विषयमा चिन्ता व्यक्त गरेको जनाएको छ।

यसबाहेक यस प्रकारको समस्या समाधानका लागि महासंघले सम्बन्धित सबै निकायलाई यथाशीघ्र वार्ता एवं छलफलका लागि आग्रहसमेत गरेको छ।

सम्बन्धित समाचार

आईसीटी दिवस बहिष्कार गर्ने आईस्पानको घोषणा, चुनावमा इन्टरनेट बन्द हुनसक्ने चेतावनी

easy care

प्रकाशित: १८ बैशाख २०७९, आईतवार