साइबर सुरक्षा मनिटरिङ तथा अपरेसन सेन्टरको लागि परामर्शदाता नियुक्त

  • Technology Khabar | १३ बैशाख २०७९, मंगलवार
साइबर सुरक्षा मनिटरिङ तथा अपरेसन सेन्टरको लागि परामर्शदाता नियुक्त
तस्बिरः अभिजित गुप्ताको फेसबुक पेजबाट।

काठमाडौं ।

राष्ट्रिय साइबर सुरक्षा मनिटरिङ तथा अपरेसन सेन्टरको सञ्चालन तथा व्यवस्थापनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले परामर्शदाता कम्पनीलाई जिम्मा दिएको छ।

मन्त्रालय अन्तर्गत रहेको सो सेन्टरको सिस्टम सञ्चालन तथा व्यवस्थापनका लागि परामर्शदाता कम्पनी नियुक्त गरिएको हो।

परामर्शदाताको रुपमा योङ माइन्ड क्रियशन प्रालि र इमिनेन्स वेजको ज्वाइन्ट भेन्चर कम्पनी छनोट भएको हो। छनोटमा परेको परामर्शदाता र केन्द्र बिच सम्झौता भएको छ।

सम्झौतामा योङ माइन्ड्सका कार्यकारी निर्देशक तथा प्रोजेक्ट प्रमुख डा. अभिजित गुप्ताले हस्ताक्षर गरेका छन्। गुप्ताकाअनुसार यो सम्झौपछि राष्ट्रिय साइबर सुरक्षा मनिटरिङ तथा अपरेसन सेन्टरमा रहेको सिस्टमको मनिटरिङ तथा व्यस्थापन गरिने छ।

परामर्शदाता कम्पनीले केन्द्रसहित सेक्युरिटी इन्फरमेशन तथा इभेन्ट म्यानेजमेन्टमा देखिएको कमजोरी, चुनौती र जोखिम न्यूनीकरणको कामसमेत गर्नेछ।

यसका साथै सिस्टमको प्राविधि प्रतिवेदन तथा साइबर आक्रमणका घटनाहरुको आधिकारिक पेपर तथा कागजात संकलन गरी त्यसलाई इन्फरमेशन टेक्नोलोजी इमर्जेन्सी रेस्पोन्स टिम (आईटीईआरटी) लाई बुझाउने लगायत साइबर सुरक्षाको क्षेत्रमा अन्य परामर्श दिनेछ।

प्रकाशित: १३ बैशाख २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार